साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिग्रीको बाघ

पाखे ठान्छ असभ्य मान्छ उसले जोडा नमस्कारमा एबीसी वनको विरासत लिई ऊ बस्छ संस्कारमा बोरा सार्टिफिकेट बोक्न नसकी गर्ल्याम्म घोडा लड्यो डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो ।

Nepal Telecom ad

हिरा भट्ट :

आमाको घरमा खुसीसित रम्यौँ सन्तान पत्नी र म
आमाकै मुख हेर्न कत्ति नभुली ऊ जान्छ वृद्धाश्रम
राम्रा प्लास्टिक फूलका कपटले फुल्दो चमेली सड्यो
डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो
।१।

अड्डाका मसिना निवेदनहरू लेख्दैन सक्दैन ऊ
डिग्रीका वनको म बाघ हुँ भनी गर्जन्छ डग्दैन ऊ
घोडा पश्चिमको म हाँक्दछु भनी दौड्यो धुरीमा चढ्यो
डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो
।२।

चुम्दा खप्तडझैँ सनातन चुली जाबो जिरो ठान्दछ
फेरेँ धर्म भनेर आधुनिक ऊ हक्की हिरो मान्दछ
लत्रेला तुलसी धरातल भुली जो बाँस बुङ्गो बढ्यो
डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो
।३।

पाखे ठान्छ असभ्य मान्छ उसले जोडा नमस्कारमा
एबीसी वनको विरासत लिई ऊ बस्छ संस्कारमा
बोरा सार्टिफिकेट बोक्न नसकी गर्ल्याम्म घोडा लड्यो
डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो
।४।

कालेले कनिका निका कि ननिका गन्दै निफन्दै गरून्
ऊ ऊभित्र उनीहरू तँ र तिमी जो जो परून् जो परून्
श्रद्धासाथ सरस्वती शरणमा ॐफूल मेरो गढ्यो
डिग्री मास्टरको छ भन्छ जहिल्यै खै के पढ्यो के पढ्यो ।
।५।

०००
कैलाली

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

मामुली कवि हुँ भने पनि अहो हिरा चुचुरो चढ्यो
यस्ता सुन्दर पंक्ति कोर्न उसले खै के पढ्यो केही पढ्यो

युगल बसेल
युगल बसेल
1 year ago

मामुली कवि हुँ भने पनि अहो हिरा चुचुरो चढ्यो
यस्ता सुन्दर पंक्ति कोर्न उसले खै के पढ्यो के पढ्यो ।।

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
2
0
Would love your thoughts, please comment.x
()
x