साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाडामा महाकाव्य

"हो नि । त्यो बर्खान्तका दिन यसो देखाउने ता हो । कसैले पढ्ने हैन । बेकारमा बढी छापेर मुसाको खाजा कसले छापोस् । रहेको चटपटेलाई दिनु न हो । बेकारमा बढी लगानी……!"

Nepal Telecom ad

हाेम सुवेदी :

बल्ल बल्ल सोधखोज गरेर चुहान गाउँको घोस्ट राइटिङ केन्द्रमा हरिनारायन बाबै पुगे । गोरुले गाई ओगटेको जस्तो मोबाइलमा लहसिएका मोबाइललाई ओगटिरहेका हेर्दै केही डरलाग्दा मुस्तन्डहरु मोबाइललाई ओगटिरहेका रहेछन् । बाबैलाई अलिक डरडर लाग्यो । केही झिनामसिना खालका मुस्तन्डहरु पनि रहेछन् । अलिक पर हातैमा अलिक ठुलो मोबाइल बोकेर केके खेलाइरहेका र एक्लै आफैँ हाँसिरहेका एक जना त्यस घोस्ट राइटिङका हाकिम जस्ता देखिने खाइलाग्दा व्यक्ति पनि बाबैका दृष्टिमा परे । तिनैलाई लक्षित गर्दै बाबैले नमस्कार गरे । नहेरिकन बाबैको नमस्कार उनले फर्काए । नमस्कार समस्कारको जिनिस थाहै नपाइकन सकेपछि मात्र उनले बाबैलाई हेर्न भ्याए । अनि सम्वाद सुरु भो ।

“को हुनु भो र कति कामले पाल्नु भो बा ?”
“घोस्ट राइटिङमा एउटो काम थ्यो र आको ।”
“के काम थियो बा ?”
“मेरी श्रीमती परलोक भएको आज एघार महिना दस दिन भो कि, उनको बर्खान्तमा केटाहरुले एउटा पुरान पनि लाउने अरे अनि आमाकै नाममा भाडामा एउटा महाकाव्य लेखाएर बिमोचना गर्नु भनेर हैरान छ अउरिकाबाट । अनि यही काम थियो र आएको । भाडामा महाकाव्य लेखिन्छ नि ?”
“हाम्रो पेसै त्यही हो । लेखिन्छ नि । तर समय पो अलिक कम रहेछ त !”
“किन समय पुग्दैन र ? एकै हप्तामा ठुलो महाभारत जत्रो पनि लेखिदिन्छन् अरे भन्ने सुनेर पो आको । हुन्न र सकिन्न र ?”
“सकिन्छ सकिनलाई. तर इमर्जेन्सीमा काम गर्नु पर्दा पैसा डबल लाग्छ कुरा तेति हो ।”
“कसरी हाउ ?”
“कसरी भन्नु र । लु तपाईँ एउटा साधारण बसमा चढेर जानु र कारमा चढेर जाँदा कुनबाट पहिले पुग्नुहुन्छ गन्तव्यमा ”
“कारैबाट पुगिन्छ नि, त्यसो त ।”
“अनि बसको भाडा र कारको भाडा फरक पर्छ भन्ने थाहा होला नि ।”
“तो ता थाहा छ । अझ पिलिनको भाडाको कुरा गर्ने भए ता झन् मुगो नि ।”
“हो यस्तै हो यो पनि । यस्तै हो ।”
“पैसा डबल भनेपछि पो मरियो त ।”
“अब लाग्छ नै । उहाँहरुलाई ओभर टाइम दिएर लेखाउनु पर्छ अनि लागेन त ।”
“डबल भनेको कति”
“कस्तो महाकाव्य चाहिएको ?”
“मझौलो ।”
“मझौले भन्नाले कति पेजसम्मको ?”
“कति पेजसम्मका महाकाव्य हुन्छन् त्यो पो अलिक भेउ पाइन त ! अनि छिपाउने काम पनि गर्नुहुन्छ ?”
“छिपाउने काम पनि भइहाल्छ नि ।”
“ए लु हाउ मैले कुदिरहनै परेन । अनि ?”
“गतिलो महाकाव्य ता हजार पेजसम्मको हुन्छ नि । अचेल झुरेझाम्रेहरु सबैले महाकाव्य लेखेका छन् । फलान्थोक पुछेर फाल्दा पनि हुन्छ । तपाइँलाई ता “गतिलो चाहियो होला नि ?”
“हो चाहियो । तर मझौलोमा ।”
“मझौलो भन्नाले यही तीनसयदेखि चारसय पेजसम्म हुनेलाई मान्नुपर्छ । यस्तै लेखाउने हो ?”
“हो नै अब । यस्तै तीनचार सय पेजको लेखाउने हो । कति लाग्छ त्यत्तिकोलाई ?”
“फोटाहरु पनि रहन्छन् कि ?”
“राख्नुपर्छ ।”
“कति थान चाहिने ?”
“पचास साठी भए पुग्छ ।”
“त्यति थोरै पो ।”
“हो नि । त्यो बर्खान्तका दिन यसो देखाउने ता हो । कसैले पढ्ने हैन । बेकारमा बढी छापेर मुसाको खाजा कसले छापोस् । रहेको चटपटेलाई दिनु न हो । बेकारमा बढी लगानी……!”
“कुरा ता सही हो । अनि सुन्नू जति थोरै भो उति महँगो पो पर्छ त । सय ओटासम्म ता छाप्नुहोस् न ।”
“हैन, त्यति ता धेर हुन्छ । पचास मात्र गरौँ ।”
“कभरसभर डिजाइन गरेर रङ्गिन फोटोहरु पनि राखेर चारसय पृष्ठसम्मको पचास थान छाप्ने हो भने म हिसाब निकाल्छु है”
“हस् !”
क्यालकुलेटर ठ्याक्ठ्याक गरेपछि- “छ लाख बिस हजार लाग्ने रैछ ।”
ओहो मुँगो पर्यो । अलिक कन्सेसन हुन्न । नागरिकताको प्रमाणपत्र पनि छ त ।
हुन्न ।
उसो भए सारै मुँगो परो म अन्तै लेखाउँछु । अहिलेलाई बिदा पाऊँ ।

(हरिनारानको प्रस्थान । केही उपन्यास लेखाउनेहरु र गजल लेखाउनेहरुको प्रवेश)
पर्दा

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x