साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धान्त घोक् घोकेर ठोक्

घाेक् घोक् घोक् सिद्धान्त घोक् सिध्दान्त घोकेर रातसाँझ धोक् खुकुरी धोक् गाेरखा धोक् ठोक् ठोक् ठोक् नेता ठोक् ठोक् ठोक् विराेधीलाई बेलैमा ठाेक् ।

Nepal Telecom ad

हाेम सुवेदी :

घाेक् घोक् घोक् सिद्धान्त घोक्
सिध्दान्त घोकेर रातसाँझ धोक्
मार्कस लेनिन माओवाद घोक्
विदेसी रक्सी ल्याएर धोक्
मार्कस लेनिन माओवाद घोक्
विदेसी रक्सी ल्याएर धोक्
घाेक् घोक् घोक् सिद्धान्त घोक्
सिध्दान्त घोकेर रातसाँझ धोक्
हथौडा हँसिया झन्डा बाेक्
झन्डा बाेक्तै भासन खाेक्
चुनाब आएको बुझेर
लखर् लखर् डुल् तँ गल्ली र चोक्
घाेक् घोक् घोक् सिद्धान्त घोक्
सिध्दान्त घोकेर रातसाँझ धोक् ।

तेरै हाे देशको सबै थोक्
जेजे भेट्छस् सबै टोक्
विरोध गर्छ कोही भने
त्यस्तो पाजीलाई बेलैमा ठोक्
ठोक् ठोक् ठोक् नेता
ठोक् ठोक् ठोक्
विराेधीलाई बेलैमा ठाेक्
घाेक् घोक् घोक् सिद्धान्त घोक्
सिध्दान्त घोकेर रातसाँझ धोक् ।

पापकाे उरुङ मनमा राख्
कमा पैसा लाखकाे लाख्
यौटामा खान थाेर भए
पार्टी फेर्दै स्वादले चाख्
कैलै ताराे झन्डा बाेक्
कैले घन्टी ट्याङ् ट्याङ् ठाेक्
कैले सुर्जे र बिरुवा बोक्
बाहिर जेजे होस् तर हेर्
कोखामा धारिलो छुरी बोक्
ठोक् ठोक् ठोक् नेता
ठोक् ठोक् ठोक्
विराेधीलाई बेलैमा ठाेक्

घाेक् घोक् घोक् सिद्धान्त घोक्
सिध्दान्त घोकेर रातसाँझ धोक्
खुकुरी धोक् गाेरखा धोक्
ठोक् ठोक् ठोक् नेता
ठोक् ठोक् ठोक्
विराेधीलाई बेलैमा ठाेक् ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x