साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वदेशको गौरव

र तिमी आफ्नै पसलमा उभिएर भन्न सक्दछौ तिम्रो स्वतन्त्रता कति परतन्त्र छ भनेर र तिमी आफ्नै छाती छामेर भन्न सक्दछौ तिम्रो स्वाधीनता कति पराधीन छ भनेर ... ।

Nepal Telecom ad

कालीप्रसाद रिजाल :

चौकीहरूमा मात्र सिमाना सीमित हुँदैन
सिमाना त तिमीभरि पनि हुन्छ तिम्रो देशको
अतिक्रमण चौकीहरूबाट मात्र हुँदैन
चूलो र कोठाहरूबाट पनि हुन्छ अतिक्रमण

तिमी हामी बेचिइसकेपछि
देशले बेचिइरहन पर्दैन
सार्वभौमिकता र देशको स्वतन्त्रता
नक्साका रेखाहरूभित्र होइन
त्यस देशका नागरिकका नसाहरूभित्र हुन्छ
चौकीहरूमा मात्र सिमाना सीमित हुँदैन…

सिमानाको रक्षा तोप र ट्रेन्चले मात्र होइन
कोदालो र कारखानाका चिम्नीहरूले पनि गर्ने गर्दछन्
अरे ! सिमाना त चौकी र चेकपोष्टहरूमा मात्र होइन
दोकान र बजारमा पनि हुने गर्दछ
र तिमी आफ्नै पसलमा उभिएर भन्न सक्दछौ
तिम्रो स्वतन्त्रता कति परतन्त्र छ भनेर
र तिमी आफ्नै छाती छामेर भन्न सक्दछौ
तिम्रो स्वाधीनता कति पराधीन छ भनेर
चौकीहरूमा मात्र सिमाना सीमित हँदैन…

त्यसैले ए सगरमाथामा गर्व गर्नेहरूहो!
तिमीले धान, मकै र गहँको सगरमाथा चुल्याउनुपर्छ
ए गुराँसलाई मायाँ गर्नेहरूहो !
गुराँस तिमीले एक करोड गालाहरूमा फुलाउनुपर्छ
हिमचुलीसित प्रीति गर्ने हो ।
दुई करोड ओठभित्रका हिमशृङ्खला
तिमीले खुलाउनुपर्छ
तिम्रो पसिनामा नेपाल ढकमक्किनपर्छ
तिम्रो रगतमा नेपाल झाङ्गिनपर्छ ।

स्वदेशको गौरव यही हो
कि तिमी स्वयंले नेपाल बन्नुपर्छ
अन्नपूर्ण जत्रो छाती भएको नेपाल
सगरमाथा जत्रो उच्च शिर भएको नेपाल
अंगालोभरि मेची र महाकाली भएको नेपाल
काखभरि करोडौं नेपाली भएको नेपाल
परिश्रमी पौरखीहरूको देश नेपाल
शूर, वीर, पराक्रमीहरूको देश नेपाल
मिलनसार ईमानीहरूको देश नेपाल
जनक र बुद्धहरूको देश नेपाल…. ।

०००
कोटेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण अड्किँदा

भाषण अड्किँदा

कालीप्रसाद रिजाल
नेताजीको अन्त्येष्टि

नेताजीको अन्त्येष्टि

कालीप्रसाद रिजाल
सालिक फरार भएको दिन

सालिक फरार भएको दिन

कालीप्रसाद रिजाल
नयाँ सडक

नयाँ सडक

कालीप्रसाद रिजाल
के सम्झेर मलाई नेता भनेको ?

के सम्झेर मलाई नेता...

कालीप्रसाद रिजाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x