साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको अन्त्येष्टि

हेर्नुस् हामी मरेकाको सिनो खान्छौँ हामीलाई मीठो लाग्छ त्यसप्रति तृष्णा पनि जाग्छ तर बाँचेकै बेला डुङडुङती गन्हाइसकेको मान्छे त हामीलाई पनि दिगमिग लाग्छ !

Nepal Telecom ad

कालीप्रसाद रिजाल :

नोटले भरिएको ब्रिफकेस
थन्काउन भनेर जाँदा
आफ्नो आलेशान हवेलीको
इटालियन मार्वलमा चिप्लिएर
एक जना महान् नेताको
प्राणपखेरु गयो
राष्ट्रका लागि
अपूरणीय क्षति भयो !

त्यागी तपस्वी नेता
अत्यन्त परोपकारी थिए
त्यसैले मरेपछि पनि परसेवा गर्ने
उनले सङ्कल्प लिए
आफ्नो लासलाई टुक्रा टुक्रा पारेर
पशुपक्षीलाई ख्वाइदिनू भनेर
उनले इच्छापत्र गरिदिए

नेताको इच्छाअनुसार
झण्डा ओढाइएको उनको पार्थिव शरीरलाई
टुक्रा टुक्रा पारियो
र पशुपक्षीका लागि चउरमा
चारैतिर फालियो

तर कस्तो आश्चर्य !
कोही नजिकसम्म आएनन्
कुनै गिद्ध कुकुर कुनै स्यालले
त्यसलाई खाएनन्

मैले कौतूहलतावश
रहस्य जान्न खोजें
र नजिकै रूखमा बसेको
गिद्धराजलाई सोधेँ-
किन गिद्धराज
नेताजीको मासु किन नखाएको ?
कि आज अन्यत्रै बफे खाएर
टन्न अघाएको ?

गिद्धराजले मेरो प्रश्नलाई
गम्भीर रूपमा लिए
र मुख बिगारेर जवाफ दिए-
हेर्नुस् हामी मरेकाको सिनो खान्छौँ
हामीलाई मीठो लाग्छ
त्यसप्रति तृष्णा पनि जाग्छ
तर बाँचेकै बेला डुङडुङती
गन्हाइसकेको मान्छे त
हामीलाई पनि दिगमिग लाग्छ !
हामीलाई पनि दिगधमिग लाग्छ !!

०००
आफैँलाई हराएपछि (२०६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वदेशको गौरव

स्वदेशको गौरव

कालीप्रसाद रिजाल
भाषण अड्किँदा

भाषण अड्किँदा

कालीप्रसाद रिजाल
सालिक फरार भएको दिन

सालिक फरार भएको दिन

कालीप्रसाद रिजाल
नयाँ सडक

नयाँ सडक

कालीप्रसाद रिजाल
के सम्झेर मलाई नेता भनेको ?

के सम्झेर मलाई नेता...

कालीप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x