साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ सडक

नयाँ सडक गनाउँदै गइरहेछ कुहेको फर्सी जस्तै भित्र-भित्रै चाउरिँदै गइरहेछ बूढी कन्या जस्तै ओरालो लागेको थसुल्ली अधवैँसेका झैँ हो नयाँ सडकको सिँगार भने बढ्दै गइरहेछ ।

Nepal Telecom ad

कालीप्रसाद रिजाल :

नयाँ छैन यो सडक
खालि आँखाहरू बासिँदै गइरहेका छन्

विशेष केही भएको छैन
सालिकहरूको पुनर्गठनबाहेक
मकाएको भित्तामा
चुन रङ्गाएको बाहेक
जन-सेवा र खरीको बोटको
नयाँ योजना बाहेक
सडक त उही छ
हिँड्ने, स्टाइल, बदलिरहेछ
जत्ताका ‘डिजाइन’
पोशाक र जुल्फोको ‘कट’ बदलिरहेछ
उस्तै छ भूगोल पार्क
नगर पञ्चायत ‘आफिस’
वारुण-मन्त्रालय
न्यूरोडको ‘साइन-बोर्ड’ ढल्काए पनि
उस्तै छ जुद्ध-सडक

अखबारका हेडलाइन बदलिएको भरमा
खालि ‘पिक्चर’ बलिएको भरमा
‘क्यालेण्डर’ का पाता बदलिएका भरमा
एक दुई ओटा नयाँ सारी बाहिर झुण्ड्याएर
दुई चारओटा नयाँ अनुहार पेटीमा उभ्याएर
नयाँ सडक धक्कू देखाउँछ नवीनताको ।

वस्तुतः नयाँ सडक गनाउँदै गइरहेछ
कुहेको फर्सी जस्तै भित्र-भित्रै
चाउरिँदै गइरहेछ
बूढी कन्या जस्तै
ओरालो लागेको थसुल्ली अधवैँसेका झैँ
हो नयाँ सडकको सिँगार भने बढ्दै गइरहेछ
‘ब्रेसर’ को नम्बर सँगसँगै ।

०००
काठमाडौं
‘छात्र-प्रभा’ वर्ष ५, अङ्क ३ , छ्याक्कन  (२०३१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वदेशको गौरव

स्वदेशको गौरव

कालीप्रसाद रिजाल
भाषण अड्किँदा

भाषण अड्किँदा

कालीप्रसाद रिजाल
नेताजीको अन्त्येष्टि

नेताजीको अन्त्येष्टि

कालीप्रसाद रिजाल
सालिक फरार भएको दिन

सालिक फरार भएको दिन

कालीप्रसाद रिजाल
के सम्झेर मलाई नेता भनेको ?

के सम्झेर मलाई नेता...

कालीप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x