साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सालिक फरार भएको दिन

हरेक सालिकलाई हेर्छु मान्छे जस्तो लाग्छ । हरेक मान्छेलाई हेर्छु सालिक जस्तो लाग्छ ! र चिन्तित भएर आतङ्कित भएर सोच्न थाल्दछु कहीं यो देशलाई सालिकहरूले त चलाइरहेका छैनन् !!!

Nepal Telecom ad

कालीप्रसाद रिजाल :

मैले एक दिन
साँझ साँझ पख देखें
आश्चर्यचकित भएर देखें
टुंडीखेलभित्र राखिएका सालिकहरू
आफ्ना ढलौटका घोडाहरूबाट उत्रिएर
सरासर मूलढोकाबाट
बाहिर निस्किए ।
र पेटीमा हिँडिरहेका
सडक पार गरिरहेका
मान्छेहरूका भीडमा गएर
मिसिए ।

म हेरेको हेरै भएँ
सडक एउटा खोलो जस्तो भयो
मान्छेका चन्चल धार
खलबल गर्दै
भुमरी खाँदै घुम्दै
दोबाटो चौबाटो हुँदै
भङ्गालो फाटेर
गल्ली चोक र बाटाहरूमा
छ्यालव्याल बग्दै निस्कियो
टुंडीखेलको पर्खाल
फलामे डण्डीहरू
यथावत् थिए
सिमेन्टका सैनिक पनि
ड्युटीमा तैनाथ थिए
तर सालिकहरू
मैले हेर्दा हेर्दै
बेपत्ता भए
फरार भए ।

अब त्यस दिनदेखि
मेरा उत्सुक आँखाहरू
हरक्षण कौतूहल बोकेर
सालिकलाई खोज्दै
अनुहारमा हिंडिरहेका छन्

जुलुस, आमसभा, मतदान केन्द्रहरूमा
कार्यालय, अस्पताल, अदालतहरूमा
सालिकलाई खोज्दै हिंडिरहेका छन्
हरेक अनुहारमा
म टक्क उभिन्छु
नियालेर हेर्छु
तर मान्छे हो कि सालिक
ठम्याउन सक्दिन
फेरि हेर्छु, फेरि हेर्छु
र हैरान हैरान हुन्छु
कहीं काँचका आँखा स्थिर
झिमझिमाइरहेका हुन्छन्
कहीं प्रस्तर ओठ
फलाममा मुस्कुराइरहेका हुन्छन्
कहीं कोही गम्भीर मूर्तिवत्
उभिएका हुन्छन्
कहीं कोही पाषाण
अविचल कुर्सीमा बसेका हुन्छन्
कहीं निर्जीव हातहरू
केही लेखिरहेका हुन्छन्
कहीं पूर्ण कदका प्रतिमाहरू
बिरामी जाँच्ने मुद्रामा हुन्छन्

कत्ति गर्दा पनि
कति नै प्रयास गर्दा पनि
कुन मान्छे कुन सालिक भनेर
म छुट्याउन सक्दिन
खुट्याउन सक्दिन
जति गौड गरेर हेर्छु
उति विभ्रमित हुन्छ
जति पहिल्याउन खोज्छु
उति अलमलिन्छु
कस्तो फसाद
मेरो कस्तो बिजोक ?
हरेक सालिकलाई हेर्छु
मान्छे जस्तो लाग्छ ।
हरेक मान्छेलाई हेर्छु
सालिक जस्तो लाग्छ !
र चिन्तित भएर
आतङ्कित भएर
सोच्न थाल्दछु
कहीं यो देशलाई
सालिकहरूले त
चलाइरहेका छैनन् !!!

०००
मधुपर्क, वर्ष ३०, अङ्क ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्वदेशको गौरव

स्वदेशको गौरव

कालीप्रसाद रिजाल
भाषण अड्किँदा

भाषण अड्किँदा

कालीप्रसाद रिजाल
नेताजीको अन्त्येष्टि

नेताजीको अन्त्येष्टि

कालीप्रसाद रिजाल
नयाँ सडक

नयाँ सडक

कालीप्रसाद रिजाल
के सम्झेर मलाई नेता भनेको ?

के सम्झेर मलाई नेता...

कालीप्रसाद रिजाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x