साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘फ्यामिली प्लानिङ्ग पोलिसी’सँगको भलाकुसारी

पहिले लगेका साधनहरूसमेत प्रयोग नभई त्यसै थन्किइरहेका छन् । युद्ध नरोकिने हो भने….. थप साधनहरू किन र केको लागि लाने ?… सरी ।’ तिमी नै भन, अब हाम्रो के काम छ तिम्रो देशमा ?

Nepal Telecom ad

ईश्वर पोखरेल :

अकस्मात् ‘फ्यामिली प्लानिङ्ग पोलिसी’सँग भेट भयो ।
ऊ नेपालबाट आफ्नै ‘हेड क्वाटर’ फर्किन लागेकोरहेछ । पहिले त मैले उसको कुरा पत्याइनँ । तर जब उसले आफ्ना यामान्‌का कार्टुनहरू खोलेर ‘भ्याक्सोटोमी’ र ‘ल्याब्रोस्कोपी’ जस्ता स्थायी परिवार नियोजनका नानाभाँतीका सामानहरू र अस्थायी परिवार नियोजनका विभिन्न खाले साधनहरू समेत देखायो; मैले नपत्याईकन धर पाइँन । आश्चर्य लाग्यो : यस्ता सामानहरू विदेशबाट नेपाल भित्रिने गरेको मात्र मलाई जानकारी थियो; तर आज दृश्य बिल्कुलै उल्टो थियो । यस्ता सामानहरू नेपालको बजारमै चोरेर बेच्न पाए पनि गतिलो ‘सुको’ हात लाग्दथ्यो भन्ने सोचेर म चुक्चुकाउँदैथिएँ; उसको आवाजले मेरो ध्यान भङ्ग भयो ।

ऊ एक्लै फत्फताउँदै रहेछ— “नेपालमा यसरी असफल होइएला भनेर हामीले सोचेकै थिएनौं ।”
होइन, के भन्दैछ यो ? नेपाल त अत्यन्त लाजमर्दो स्तरको प्रतिफल रहेका आयोजनाका संचालकहरूले पनि आफू अत्यधिक सफल भएको घोषणा गर्न पाउने पवित्र भूमिका रूपमा परिचित छ । यो मुर्ख चाहिँ आफै असफल भएको कुरा गर्दैछ । उसको दिमाग खुस्किएको हो कि, योजनाकारहरूका उल्टा कुराहरू सुन्दा सुन्दा मेरो कानले नै सुल्टो कुरालाई रूपान्तरण गरेर उल्टोपाल्टो सुन्ने गरेको हो ? मैले यकिन गर्नै सकिन ।
ऊ फेरि फत्फतायो— “नेपालमा अब हाम्रो आवश्यकता नै रहेन ।”

उसले फेरि थप्यो— “….उमेर गइसकेका बुढा र बेत बसिसकेका बुढीहरूलाई परिवार नियोजनका अस्थायी साधनको के काम ? स्थायी परिवार नियोजनको के अर्थ ? ।..प्रजनन्‌–योग्य उमेरका युवाहरूमध्ये कतिपय युद्धमा सामेल छन्‌; धेरैजसो विदेशिई सके । …धेरै पर्ख्यौं; तर स्थायी परिवार नियोजनका लागि कोही नआएपछि हामी किन बस्ने नेपालमा ?”
उसका कुरामा मलाई उदेक लाग्यो ।

मैले प्रतिवादको ढाँचामा भनें— “तिमी झुटो कुरा गर्दैछौ । नेपालको गाउँ–शहरमा प्रजनन्‌–योग्य उमेर–समूहका मानिसहरू अझै बाँकी छन् । तिमी तिनीहरूलाई नै आफ्नो लक्षित समूह बनाऊँ । …तिमीले आजै नेपाल छाड्न पाउँदैनौं ।”

उसले भन्यो— “नेपालमा प्रजनन्‌–योग्य उमेरका मानिस नै बाँकी रहेनन् भन्ने हाम्रो पनि भनाई होइन । तर के हामी ‘प्रजनन्‌–योग्य उमेर’की भनेर नेपालका विधुवा युवतीहरूलाई स्थायी परिवार नियोजन गर्नका लागि उक्साऊँं ? विदेशिएका वा युद्धमा सामेल भएका कारणले वर्षौवर्षदेखि लोग्नेलाई भेट्न नपाएका र भेट हुने/नहुने कुरा एकिन नभएर पिरोलिएका नेपाली युवतीहरूका हातमा ‘यो तिमीलाई चाहिने चीज हो’ भनेर गुलाफ, पिल्स र निलोकन ह्वाइटको प्याकेट थमाऔं ? कि घरबार छाडेर काठमाण्डौंमा अत्यन्त बेचैनीका साथ भीसा पर्खिरहेका, हतारहतार दसगजा पार गर्ने ध्याउन्नमा रहेका, घरबाट विस्थापित भई शहर/बजारमा कुपोषण र ठिहीले एकैसाथ प्रभावित हुन पुगेका र ट्रकमा आगजनी भएपछि अत्तालिएर भाग्दै गरेका नेपाली युवाहरूलाई सम्बोधन गरेर ‘तिमीले स्थायी परिवार नियोजन गर्न आवश्यक छ’ भनौं ?… ”

उसले केहीबेर गमेर फेरि भन्यो— “अन्यथा नमाने, हाल आएर हामी अत्यन्त अपमानित भयौं तिम्रो देशमा । …अन्यत्र हारालुछ गरेर वितरण हुने परिवार नियोजनका अस्थायी साधनहरूको वितरण पनि अब त नेपालमा अत्यन्त निराशाजनक स्थितिमा झरेको छ ।”

“परिवार नियोजनका अस्थायी साधनहरू खोज्ने मानिसहरूको पनि अभाव भयो नेपालमा ?” म एक समय यी साधनहरूको लोकप्रियतासंग राम्रै परिचित थिएँ र आश्चर्यका साथ मैले सोधें ।

उसले भन्यो— “हामी पनि आश्चर्यमा छौं । …परिवार नियोजनका अस्थायी साधनहरू बराबर लिन आउने केही विवाहितहरू आउन छाडेपछि हामी आफैले उनीहरूलाई भेटेर सोध्यौं पनि । उनीहरूले भने– ‘युद्धको अवस्था तीब्रतर् बन्दै आएपछि र दोहोरो ‘क्रस–फायर’मा घरको छाना र भित्तामा समेत गोली बर्सिन थालेपछि ‘ ….मुड’ बनाउनै सकिएन; ….पहिले लगेका साधनहरूसमेत प्रयोग नभई त्यसै थन्किइरहेका छन् । युद्ध नरोकिने हो भने….. थप साधनहरू किन र केको लागि लाने ?… सरी ।’ तिमी नै भन, अब हाम्रो के काम छ तिम्रो देशमा ?”

तर मैले केही भन्नुअगावै उसले मोटर ‘र्स्टाट’ गर्‍यो र ‘चम्पट’ भयो ।

०००
बोझेपोखरी, ललितपुर
‘युवामञ्च’ (भदौ, २०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
हबिगत

हबिगत

ईश्वर पाेखरेल
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x