खगेन्द्र नेउपानेम त्यसै घुस्याहा नभएकाे हाेइन
न कसैको कोहि पर्छ गाउँमा सानु घर छ महङ्गो कुकुर छैन हजूर ! बूढो गाईको काखमा बहर छ केहि नपाएर देश विकाशको आशावादी धूनी जगाको मौका नमिलेर मात्र म आदर्शवादी भाको ।

खगेन्द्र नेउपाने :
मैले घुस
ठाउँ नपरेकाले नखाको
मौका नमिलेकाले म
आदर्शवादी भा’को ।
मेरो टेवल वरिपरि
रुपियाँका लक्कु बोकेका मान्छेहरु आउँने भए
मान्छेको अभर विचारेर
उनिहरुको घाँटी समाउँन पाउँने भए
तुरुन्तै हुने काम पनि बारम्बार अड्काउँने थिएँ
धक्कु लाउँने थिएँ, रकम पड्काउँने थिएँ
तर मैले आह्रिसले सत्यवादी नारा लगाको
मौका नमिलेकाले म
आदर्शवादी भा’को ।
ए हजुर !
जाहान नभएको भए बेग्लै कुरा
म पनि दामको रस्ता मोडेर
नामको बन्दोबस्ती कस्थें
सत्याग्रही पहिरनमा बेलाकुबेला अनसन बस्थें
खरानी घस्न पनि सकिन
दरबार पस्न पनि सकिन
म जत्रो जस्तो कदको भए पनि
प्रजातन्त्र आएको छ
राजाको शासन हो र यो ?
चिया दोकानमै भए पनि बोल्न पाएको छ
झिना झाँक्राको के कुरा
सोझै प्रधानमन्त्री विरुद्ध नारा लाको
मौका नमिलेर मात्रै
म आदर्शवादी भाको ।
मलाई पनि
प्रसस्त पैसा कमाउँने रहर छ
न घडेरी ब्यापार न ठेकेदारी
न मेन पावर न मालको कर्मचारी
न कसैको कोहि पर्छ
गाउँमा सानु घर छ
महङ्गो कुकुर छैन हजूर !
बूढो गाईको काखमा बहर छ
केहि नपाएर देश विकाशको
आशावादी धूनी जगाको
मौका नमिलेर मात्र
म आदर्शवादी भाको ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































