साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र आज…

चित्रगुप्तले नेपाल शाखाको बहिखाता हेर्ने जिम्मा मलाई दिन्छ भने जान तयार छु। त्यस्ताको दुतले मसँग जोरिखोज्ने उसैलाई पठाउ भन्दैथेँ तिमीहरुले बिउझ्याइदियौ। नत्र आज .....!

Nepal Telecom ad

आर.सी. रिजाल :

— ” मान्छेको काम लथालिङ्ग छ। छोराबुहारी काममा गाछन्। नातिनातिना स्कुलबाट आउनेबेला भयो। हलुवा पकाउन पिठो ठिक्क पारेको छु। बस्तुलाई खोले खुवाउने बेला हुनलाग्यो। यत्रो काम तिम्रा बाबुले आएर गर्दिन्छ। चुपचाप जान्छौ कि चिम्टा ल्याएर फोरौँ तिमरका आँखा। ”

— ” ए थुतुनो चलाउछेस्। तेरा जस्तो काम हाम्रानी छ्न् । आज हामी पाँच ठाउँमा पुग्नु छ। लु छिटो तयार होउ, नत्र लतारेर लान्छौँ।”

—” लानु पर्ने किर्नो र लिसोलाई छाडेर हामी पसिना बगाएर गुजारा चलाउनेमाथि किन दागा धर्छौ ? तामाका मुनाजस्ता नातिनातिनालाई स्याहार्न छोडेर म ऎले जान्न ।आगामी वर्षहरुमा भए मनस्थिति बनाउन सक्छु कि ? ”

आमा कराएको सुनेर छोराबुहारी आत्तिएर कोठामा हेर्न पुगे। आमा कसलाई व्यभिचारी भनेर गाली गरेको ? भने ।आमाले — गाली नगरेर तिनीहरुको ज्युज्यु गरौँ त। देश ध्वस्त पार्ने पिण्डखाने बेला भएका भ्रष्ट नेताहरुलाई छाडेर हामी गरिबमाथि कृपादृष्ठी राख्नुको सट्टा पीडा दिन आएका। नातिनातिनाको बिहाबारी नगरी मलाई जान मन छैन भने।

उनीहरुले — जति समय ढिलो गर्छ्यौ, उति समय स्वर्गीय आनन्दबाट बन्चित हुनपर्छ भनी फकाउदैथे । छोराले — तपाईंलाई के भयो ? कसले के भन्यो ? कुरै बुझिएन भने।

आमाले– आएका थे बज्रस्वाठ्हरु मलाई लिन। मैले भन्देँ– नेपालको हिसाब रखाईबाट छर्लङ्ग हुन्छ स्मरण शक्ति कम र बूढो भएर पापधर्मको हिसाब राख्न नसक्ने नै भएको। तेरो बालाई ५५ वर्षमा लग्यो। मलाई ६० वर्षमै लिन आयो। चित्रगुप्तले नेपाल शाखाको बहिखाता हेर्ने जिम्मा मलाई दिन्छ भने जान तयार छु। त्यस्ताको दुतले मसँग जोरिखोज्ने उसैलाई पठाउ भन्दैथेँ तिमीहरुले बिउझ्याइदियौ। नत्र आज …..!

०००
मकवानपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x