साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याउँदै जाउँला

हैजामा पनि फाइदै लिन सिक्यौ बाठा भयौ बेस्सरी सेवामा ढुकुटी सकेँ पनि भन्यौ शङ्का गरौं के गरि हामी भोक सहेर बाँच्न सिकियो भन्छौ भरे खाउँला झुट्टा तर्क अझै भए गर तिमी पत्याउँदै जाउँला ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

काला बादल फ्याक्न सक्तछु भन्यौ हामी खुसीनै भयौ
चाँडै रेल कुदाउने गफ गर्‍यौ पत्यार मान्दै गयौ
बारी अंश गरेर हुन्छ गतिलो भन्थ्यौ तिमी मानियो
ती तिम्रा गफगाफ सुन्दर हुँदा विश्वासले छानियो ।१ ।

भ्रष्टाचार तुरुन्त मास्तछु भन्यौ होला नमान्ने किन
थोत्रा संरचना बनाउँछु नयाँ भन्दा पुग्यौ उफ्रिन
पानी स्वच्छ पिलाउँला पनि भन्यौ आत्मा अझै फुर्कियो
तिम्रै चिन्ह्र चिनेर लौ न त भनी बिश्वासले छानियो ।२ ।

शिक्षाको जगदेखि नै सबकुरा पारिन्छ नौलो अब
भन्दा हात ठटाइयो गजबले अत्तो न पत्तोसँग
तिम्रा भाषणले दिने जति कुरा बाँकी नराखी दियो
तिम्रै भाषणमा भुलेर अहिले हाम्रो भुडी रित्तियो ।३ ।

बाटो,साँघु, कुलो कतातिर बन्यो बन्दैछ भन्थ्यौ तर
बोलेका गफ पूर्ण गर्दछ भनी हामी अझै छौँ भर
केकेछन् अब योजना मुलुक यो फेर्ने कुरा त्यो भन
हामी आस गरेर मात्र बसुँला आसे छ यो जीवन ।४ ।

हैजामा पनि फाइदै लिन सिक्यौ बाठा भयौ बेस्सरी
सेवामा ढुकुटी सकेँ पनि भन्यौ शङ्का गरौं के गरि
हामी भोक सहेर बाँच्न सिकियो भन्छौ भरे खाउँला
झुट्टा तर्क अझै भए गर तिमी पत्याउँदै जाउँला ।५।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x