धनराज गिरीओछ्यान खाली छ
खै के दियो जिन्दगीले जोवन खाली छ
खोज्नु खोजे अनगिन्ती अन्तिम पाली छ ।
आँट मेरो साहसिलो, हिम्मत हार्दिन
नत्र भने ससुराल्मा, जवान साली छ ।
जस्तो पर्छ त्यस्तै टर्छ, जीवन आखिर
रुप रङ्ग बान्की पर्या, अलिक काली छ ।
कर्मै मेरो फुट्या रै’छ, सुनाउँ कसरी ।
यता पल्टी उता हेर्दा, ओछ्यान खाली छ ।
झापा
Subscribe
Login
0 Comments
Oldest




































