साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा रे ! काठमान्डौ

Nepal Telecom ad

बिहान सबेरै उठेर
मर्निङ वाक जान्छ
खोलानालाको दुर्गन्द खान्छ
फर्किदा गाडीको धुवा
चुरोट झै तान्छ
त्यसपछी
होटेलमा बसेर गफ मार्दै
चियासङ्ग धुलो धङ्कर खान्छ
वारे काठमान्डौ
तर पनि आफुलाई
देशको सभ्य नागरिक ठान्छ ।

दश मिनेटको बाटोलाई
पुग्न घन्टौ लगाउछ
धनाड्य परिचय दिदै
कुकुरलाई बाटोमा हगाउछ
न नगरपालिकाले उठाउछ
न त्यो नियती गर्न छुटाउछ
महिनौ लडेको लिडलाई
बिचरा झरी आएर बगाउछ
वारे काठमान्डौ
पार्टी भोजमा जादा
सेन्ट छर्केर भए पनि मगमगाउँछ ।

पानी माग्यो भने अकमकाउँछ
बास माग्यो भने डगमगाउँछ
गास माग्यो भने झन लकमगाउँछ
अध्यारोमा हिंड्न धकमकाउँछ
वा रे ! काठमान्डौ
लोडसेडिङ्ग भए पनि
इन्भर्टर बालेर जगमगाउँछ ।

क्याबीन भट्टी डिस्को धाउँदै
कहिले कतै दोहरी गाउँदै
बियर, व्हुस्की, ठर्रा पिउँदै
रात रातभर टिल्ल पर्छ
वा रे ! काठमान्डौ
खल्ती रित्तिए पछी
बिहान आँफै जिल्ल पर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x