साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढीइइइइइलाआआआआआआइइइइइइइइ

Nepal Telecom ad

संसारभरिका हिमाल र पहाड नेपालमा आएर थुप्रोलागे झैं
संसारभरिको ढिलाई पनि नेपालमें आएर थुप्रो लागेको छ
हामीले क्रान्तिकारी अग्रगामी छलाङ् मार्दै उफ्रदा पनि
दमको ज्वरोले ग्रस्त चिप्लेकिरो हामीभन्दा अगाडी लागेको छ
यहाँ ढिलाई पनि यति ढीइइइइइलो हुने गरेको छ ।

जन्मनै ढिलो-
एक परिवारमा एक सुत्केरो परेपछि
दोस्रो सुत्केरो पर्न दोस्रो पुस्ता कुर्नु पर्छ
मर्ननै ढिलो-
उहिले औसत ५० बर्षमा मानिस मर्थे
अब त मर्नै पनि ७९ बर्ष कुर्नु पर्छ
भेन्टिलेटर भन्नेले भेट्यो भने त झन्
अर्को थप केहि दिन कुर्नु पर्छ।

गर्ननै ढिलो-
त्यत्रो आयु बढ्दा पनि,
यहाँको अदालतबाट मुद्दाको अन्तिम फैसला आउनु भन्दा
उता चित्रगुप्तको अदालतबाट अन्तिम फैसला पहिले आइसक्छ
बाचुन्जेल मुद्दा लडी राख, तारिक खेपी राख
झगडियाको बरखी सकिए पछि मात्रै यहाँ सुनुवाइको पालो आउँछ।

हुँदाहुँदा बिजुली पनि ढिलो हिड्न थाल्यो यहाँ-
स्विच अन गरेपछि दुइफिट परको बत्तिसम्मको यात्रा पुरा गर्न
बिजुलीलाइ समेत ९ घण्टा लाग्छ।
गार्हस्थ जीवन प्रवेशगर्नु अगाडी जगिरखान जांच दियो
नतिजा आउँदासम्म सन्यासआश्रमको उमेर गइ सक्छ।

मेलम्चीको पानीका कुरा गर्ने बाजे बिति सके
नातिले खानेपानीलाइ जार कि बोतल भन्न थालि सक्यो
पानी माने त अब उ फोहर बुझछ
नया पुस्ताको भाषा समेतमा परिवर्तन आइ सक्यो
“मेलम्चीको पानी” आएपनि यहाँ
नखाइदेलान भन्ने पिर लागिसक्यो
यहाँ ढिलाई पनि यति ढीइइइइइलो भइ सक्यो ।

नेपालको बर्तमान संबिधानमा थेसिस लेखेर बुझाएको विद्यार्थीलाई
भाइभा दिन बोलाहट आउँदासम्म
संबिधानको नया मोडेल आइसक्छ
बिदेशमा प्रतिघन्टा ४०० किमि गुड्ने मोटर पनि
काठमान्डूमा ४०० बित्ता गुड्न ४ घण्टा लाग्छ
काठमान्डू बाहिर गुडेको मोटर गन्तव्यमा पुग्ने त कहिले हो कहिले
गति बढाउन पहिले भिर खोज्दै खोलातिर पो जाइ लाग्छ।

दस बजेको अफिस पुग्न कर्मचारीको १२ बज्छ
सेवाग्राहीले २ बजेपछी मात्रै कार्यालयमा प्रवेश पाउँछ
बेलुका भट्टीमा भेटियो भने भेटियो
नत्रता सम्बन्धित हाकिम भेट्नै पनि ६ महिना लाग्छ
“तपाइको काम हुन्छ” भनेपछि ६ महिना, र-
“भोलि पक्का हुन्छ” भने पछि कम्तिमा अर्को ६ महिना जान्छ
यहाँ ढिलाई पनि यति ढीइइइइइलो हुन्छ।

चांडो पढाई सक्न हिडेको बिद्यार्थी स्कुलमा ताला ठोकेर फर्कन्छ
चांडो कमाउन हिडेको मजदूर उद्योगमा आगो सल्काएर आउँछ
चांडो काम गर्न अफिस पुगेको कर्मचारी हाकिम घेरेर बस्छ
चांडो योजना सम्पन्न गराउन स्थानीय धर्ना दिएर सुत्छ
चांडो संबिधान बनाउन चुनिएको सभासद भाषण दिदैं हराउँछ
अनि संसार भरिको ढिलाई यहाँ न थुप्रिएर कहाँ जान्छ ?

शौचालय मात्रै बाँकी रह्यो अब
जहाँ जानेबित्तिकै आफ्नो काम हुन्छ
किन भने न त्यहाँ कुनै दर्ता चलानी
न त बोर्डमा हाकिमको नाम हुन्छ ।

बत्तिसिपुतली, कठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x