साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मान–पत्र

Nepal Telecom ad

मानिसहरू तँछाड मछाड गर्दै हलभित्र पस्दै थिए । ब्याकुल पनि प्रवेश गर्यो । बस्ने स्थान खचाखच थियो । एउटा कुनोमा टुल भेट्यो, टुसुक्क बस्यो । कार्यक्रम सुरु भयो । उसले देख्यो सहरका विशिष्ट व्यक्तित्वहरूको राम्रो उपस्थिति थियो । यस प्रकारका कार्यक्रमहरूमा बिरलै देखिने निखिल, उनकी धर्मपत्नी सहित उपस्थित थिए । कसैले व्याकुलको हात समाउँदै तान्यो र भन्यो– तपाईं यता बस्नुहोस् । उसलाई निखिलको आडैमा बसाल्यो । व्याकुलजी आज तपाईंसँग बस्न पाउँदा यो निखिल आफैलाई धन्य सम्झन्छ । व्याकुलले औपचारिकता निभाउन मुस्काउँदै हात मिलायो ।

धेरेबेरसम्म वक्ताहरूले समाज सेवाको बारेमा खुलेर व्याख्या गरे । सबैले ताली बजाए । आज हामी हाम्रो समाजका होनहार व्यक्तित्वहरूको सम्मान गर्ने महान कार्यमा जुटिरहेका छौं । हामी विश्वस्त छौं, यहाँहरूले पनि यो सम्मानको तारिफ नै गर्नु हुने छ ।

सम्मान–पत्र हस्तान्तरणको समय भएछ– उद्घोषकले नाम लिन थाल्यो । लामो समयदेखि यस समाजमा सादा जीवन उच्च बिचारका ज्युँदा उदाहरण, आँफै बलेर यो समाजमा शिक्षाको ज्योति बाल्ने श्री व्याकुलजीलाई यो सम्मान–पत्र हस्तान्तर गरिदिनु हुन म हाम्रा प्रमुख अतिथि श्री धर्मानन्द स्वामीज्यूलाई अनुरोध गर्दछु ।
व्याकुलले सम्मान–पत्र थाप्यो । हल थपडीले गुञ्ज्यो ।

यसैगरी हाम्रो समाजका अर्का नवउदीयमान समाजसेवी श्री निखिलज्यूलाई सम्मान–पत्र हस्तान्तरण गरिदिनु हुन पुनः प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु । निखिल पनि सम्मान–पत्र ग्रहण गरी व्याकुलसँगै मञ्चमै उभियो ।

व्याकुललाई उकुसमुकुस भयो । कान ताते । हलबाटै बाहिरिउँ कि, के भनौँ, के गरौं, उसलाई छट्पटी भयो । उसलाई विगत पन्द्र वर्षदेखि उसले चिनेको छ । सहरको टोलमा भट्टी राखी व्यापार गथ्र्याे, धरै पटक लागु औषधिको कारोबारमा पक्डिएको थियो । तर कुनै रात कस्टडीमा बस्नु सायद परेन उसलाई । हाल ऊ टोलको धनाड्य भएको छ र हालै विद्यालयको लागि सिङ्गै तिन कोठा बनाई दिएको छ । व्याकुल किंकर्तव्यविमुढ भइरह्यो ।

हलमा उपस्थित श्रोताहरूले लामो समय ताली बजाए । व्याकुलले शिर निहुर्याएर निखिलसँगै उभिएर तस्विर खिचायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x