साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर बाबु, राम राज्य !

Nepal Telecom ad

रामराज्यमा के हुन्छ तिमीलाई थाहा छ बाबु ? त्यहाँ कसैले कसैको डरभर मान्नु पर्दैन । कसैको चोरी चकारी गरेको ठानिन्न । घरमा ताला मार्नु र नमार्नुमा केही फरक पर्दैन । मन लागे जसले जहाँ जे गर्न पनि पाउँछ । कसैले कसैको डरभर मान्नु पर्दैन । अकालमा कसैले मर्नु पर्दैन । कसैका घरखेत कसैले हडप गर्दैन । बरु आएर बस्छ । कमाएर खान्छ । उसलाई धर्ती हाँस्ने लालपुर्जा चाहिन्न । धर्ती साझा ठान्छ । कसैका प्रमाणपत्र, लालपुर्जाले कसैलाई छेक्दैन । बिनाकसुर आस्थाका भरमा कसैको शत्रु बनियो भने लुक्न भाग्न जता पनि स्वतन्त्र हुन्छ । कसैले घरबास छोराछोरी त्यागेर खेदिनु प¥यो भने जोगी सन्यासी भएको ठाने हुन्छ । यदि कसैबाट पहिले नै लुटिएका भुटिएका चुटिएका निकालिएका भए राम राज्यमा सयवर्ष पछि पनि फिर्ता आइहाल्छन् । रामगाथाको पहिलो अध्यायमा नै फिर्ताबारे रामवाणी भैसकेको छ । बाबु, रामराज्यको पुराण अझ सुन्दै जाऊ ।
कलिकालमा अनिकालले कोही भोका छन् भने रामराज्यमा एउटाले गरेको खेती अर्कोले बिनारोकतोक क्वाप्पै खान सक्छ, खान्छ, खाइरहेको छ । एउटाको सम्पति अर्कोले बेच्छ । तै पनि कसैले बोल्न पाउँदैन, बोल्दैन, आखिरमा छाडी जाने धर्ती न हो । जग्गाधनी लालपुर्जा समाउँछ, अर्कोले कमाउँछ, उसै खान पाएर तेस्रोचाहिँ रमाउँछ ।
सुन्यौ बाबु, रामराज्य ? जसको लाठी उसको भैँसी, जसको गन उसको वन, एउटाले कमाउने अर्कोले समाउने त रामराज्यका रूपलक्ष्यण हुन् । रामराज्य कस्तो बुन्छ बा ! भन्या होइन ? आफैँले देखे भोगेपछि मैले बताइरहनु प¥यो त ? केहीमात्र बताएको हुँ । यही हो रामराज्य । अकाल मरण, हिंसा, हत्या हरण, अपहरण यी सबै रामराज्यका नमुनाबाट बाह्रवर्ष बितिसके अब पनि देखेनौ र सोधेको रामराज्य ? अझै हेर प्रत्यक्ष रामराज्य । साँच्चैको रामराज्य त अझै चल्दै छ । हरे रामले, हराम हराम, हरे राम, हर्कत भएका राम अझै हर राम, भनेर राम भजन गाई बसे हुने भएको छ । यस्तै हो रामराज्य भनेको । रामराज्यमा कसैले चिन्ता गर्नु पर्दैन । उदार आँखाले हेर्नु पर्दछ । यस्तो राज्यमा लुटपाटलाई उत्पात मानिन्न । एउटाको खल्तीको सम्पति अर्काको खल्तीमा पुग्नुलाई माथिल्लो गराको माटो तल्लो गरोमा झरेर बसेसरह माने हुन्छ । लामोहात गर्नेले पनि मरेर जाँदा यहीँ राखेर जाने कुरो बुझेको हुन्छ रामराज्यमा । राज्यका पहरेदार वरण राम, चन्द्रराम, बादलराम जस्ता अनेकन् रामैराम छन् । आखिरमा राम भरोसा त हो । भज बाबु ! राम भज । धेरै रामका समूहमा कुनै हराम भए पनि रामराज्यमा केही फरक पर्दैन । एक थोपा विषले र एक थोपा अमृतले नै हो रामराज्यमा प्रभाव पार्ने ! पार्दै छ पारिरहेछ । कसैले खेतबारी किनेँ भनेर लालपुर्जा देखाउँदा धर्ती हाँस्छिन् रे ‘कति वर्षसम्म कमाएर खालास् ?’ भनेर । यो रामराज्यमा लालपुर्जाको त्यति मतलब भएजस्तो लाग्दैन । कोही कमाइरहेछन्, कोही समाइरहेछन् त कोही रमाइरहेका छन्, अनि त भनिन्छ रामराज्य ।
रामराज्यमा ‘गन’ (बन्दुक) तन्त्र, गणतन्त्र, जन गन (गणना गर) तन्त्रदेखि जनगणतन्त्रसम्मका व्यवहार जसले जसरी देखाए पनि चल्न पाउने अवस्था हो बाबु यो रामराज्यको । रामराज्यमा कसैको साम्राज्य चल्दैन । पाम् राज्य र खामराज्यको लोभलालच कसैले गर्दैन । आखिरमा राम भजन नै त हो कसैले चन्द्र राम, चन्द्र राम भजेका छन् । कसैले वरण राम वरण राम भजेर रामको वरण गरिरहेछन्, कसैले भने बादल राम, बादल राम भनेका छन् त कसैले त हेर बाबु, रामराम भजिरहेछन् । रामराज्यमा भज्ने नै राम हो । जप्ने नै राम हो । जसरी जसले जसलाई जपे पनि हुन्छ जप । रामराज्यमा अरुलाई होइन रामलाई नै जप । धराधाममा बस्न नपाएर छिटै परमधाम भए पनि स्वर्गधाममा राम्रै ठाम पाउने छौ ।

ट्याङ्ला, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x