घिमिरे ‘मैदेली’हास्यव्यङ्ग्य : सरोकार र प्रकार
समयसमयमा यस्ता लेखकहरूबाट कसैले गुलेली, कसैले गोला, कसैले बम त कसैले बन्दुक, मट्याङ्ग्रा, फित्कौली, घुएँत्राे आदि हतियार प्रयोग गरेर हास्यव्यङ्ग्यको विकास र समाजका अनैतिकलाई निकास गर्ने...

कृष्णप्रसाद घिमिरे मैदेली :
हास्यव्यङ्ग्य भनेको हाँसो, ठट्टा र घाेचपेचको सम्मिश्रण हो। कसैका खराब प्रवृत्तिलाई लक्ष्य गरेर घुमाउरो पाराको ठट्टाले ठटाउँदा र व्यङ्ग्यले बजाउँदा हाँसोको फोहोरा फुट्छ । घात र आघात जजसलाई परे पनि हाँसोको भागीदार ती सबै हुन्छन् । अन्तस्करणबाट निस्कने हाँसोले उमेर, अवस्था, औकात आदि कुनै कुरामा पनि भेदभाव गर्न चाहँदैन । लक्षित व्यक्ति नै हाँस्तदछ। समाजसामु हाँसो समावेशी बनिदिन्छ र नै सुखानुभूतिको अभिव्यक्तिमा फुत्किदिन्छ हाँसो। हाँसेर बाँच्नु र बाँचेर हाँस्नु मान्छेको नैसर्गिक अधिकार पनि हो। जुन प्रकारको हाँसोमा पनि सरोकार सबैले राख्छन् र सहभागी सबै हुन्छन् ।
हास्यव्यङ्ग्य हाम्रो संस्कृतिसित सम्बद्ध छ र समृद्ध पनि त्यसबाटै हुँदै आएको छ। हाम्रा सांस्कृतिक लोकगीत, दोहोरी गीत, रत्यौली, गाईजात्रा, सिलोक, जुहारी, धाँसेगीत आदिमा हास्यव्यङ्ग्यकै माहोल हुन्छ। हास्यव्यङ्ग्य नभए वी कुनै प्रसङ्ग नै गतिलो र घतिलो हुन सक्दैनन्। श्रोता, दर्शकलाई हँसाउनु र प्रतिद्वन्दीलाई फसाउनु नै यसको प्रतिछायां हो। प्रतिपक्षीका कमीकमजोरीमा सक्दो शब्दप्रहार गरेर प्रतिपक्षलाई सजग र सचेत बताउने परम्पराबाट नै यस्ता प्रयोग र प्रसङ्गमा हास्यव्यङ्ग्यको प्रहार र जितहारको प्रतिस्पर्धा हुँदै आएको हो।
प्राणीजगत्मा हाँस्ने त मान्छेमात्र हो। हाँस्नु हँसाउनु मानिसलाई मात्र पर्दछ। यो मान्छेको चाहनाको कुरो पनि हो। हाँस्न पाइन्छ भने मान्छे सिनेमाहल, नाटकघर, प्रहसनस्थल र हास्यहल खोजीखोजी जहाँ पनि पुग्न चाहन्छ। संसारमा को मात्र हास्यप्रेमी हुँदैन र ?
स्वास्थ्य वैज्ञानिकहरू भन्छन् हाँस्नु हँसाउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हाँसोले मानिसका सवेगको चापलाई सहजै हटाइदिन्छ। हाँसोले मासपेशीमा सकारात्मक प्रभाव पार्दछ। खित्का छोडेर हाँस्दा हर्मोनको उत्पादन बढाउनुका साथै मुटुको चापलाई सकारात्मक तरिकाले गति दिन्छ। मासपेशी कसिलो पार्ने काम पनि हाँसोले नै गराइदिन्छ । शरीरका सबै मारामा अस्तिजन पुग्न मद्दत पनि हांसोले नै गर्ने हुँदा पौष्टिकतत्त्व वितरणमा बत पुऱ्याउने हर्कतसम्म छ हाँसोमा। तपाई दिनको एकपटक खित्का छोडेर हाँस्नोस् । त्यसले तपाईको स्वास्थ्यमा सकारात्मक प्रभाव पादछ । हांसो र स्वास्थ्यको राम्रो सम्बन्ध छ भन्छन्, उनै स्वास्थ्यसेवकहरूः ।
रसप्रसङ्गतिर जाऔं
रसमध्येको राजा रस हास्य हो। बीर, शुशार, रौद्र, करुणजस्ता साहित्यिक रसमध्ये हास्य रसलाई प्रधान मानिएको छ। हास्यरसमा व्यङ्ग्यको गतिलो प्रभाव परेको हुन्छ। विषयगत दक्षता र शैलीगत कुशलताबिना हास्यव्यङ्ग्य प्रभावकारी हुनै सक्दैन। शब्दचयन र बास्य संयोजनबाट हास्यव्यद्वाय उत्पादन हुन सक्दछ । सोझो गरी भनिने कुरालाई बहायाएर पनि त्यही कुरो बुझिने गरी शब्दचयन गदां जुन भाबले पेचिलो अर्थ दिन पुग्छ त्यो व्यङ्ग्यको छनक दिमागमा पुरतासाथ हास्य बनिदिन्छ । सुखप्राप्तिको इच्छाबाट निस्कन्छ हांसी। कसैले उसै हांसद् भन्दा कहाँ निस्कन्छ र हाँसो हाँसोले अनुकून बाताबरण भेटेर अन्तस्करणमा कृतकृत्याउन पुगेपछि मात्र खित्का दिन्छ। गतिलो र घतितो शब्दले अन्तस्करणमा च्वास्स हुन पुगेपछि पत्तै नपाई निस्कन्द्र हाँसो अनि फुस्कन्छ ओठ । शरीर नङ्ग्याएको र ओठ बङ्ग्माएको देखेर आउने हाँसोमा हास्यव्यङ्ग्यको कुनै सरोकार रहन्न। बोटिलो, पोटिलो प्रभावको दही र खरो शब्दमा व्यङ्ग्यभाव बोध भएपछि हाँसोको माहोल बन्न पुग्दछ। यसकारण हास्यरस साहित्यको सबै रसमा उत्तम (राजरस। मानिएको हो। उमेर, अवस्था र अवसरले केही फरक पारे पनि हास्यरस बाल, बुद्ध, बनिता सबैलाई रुच्छ र पच्छ। होतो मान्छेको जस्तोसुकै दुखदर्दको अवस्थामा पति अनुकूल भैदिन्छ। रमाइलो कुराले भित्र प्रभाव पार्न पुग्यो भने बित्ता र पिरलाई पन्छाएर अरू कुरा सोच्नै तभ्याई हाँसो फुस्किदिन्छ र बाताबरण रमाइलो बनिदिन्छ। भारी मन र जीवन पनि हल्का महसुस हुन पुग्छ हांसोते ।
हांसी पारिबारिक गफगन्धन, महिला पुरुष समाजका भेटघाट, राजनीतिदेखि गोठाले गफसम्ममा प्रायः व्यङ्ग्यात्मक अभिव्यक्तिबाट निस्कने गर्दछ। हास्य र व्यङ्ग्यले बातावरण तताइदिने र रमाइदिने पनि गर्दछ । घत र घात नै हो यसको विशेषता। सामान्यतया समाजमा प्रभाव पार्ने र परिचित हुने पनि हास्यव्यङ्ग्य गर्ने व्यक्ति नै हुन पुगेका छन्। समाजले त्यस्तैलाई रोज्ने र खोज्ने गर्दछ। कलाकार, गलाकार र रचनाकारले बजार पाउनु पनि हास्यकै प्रभावले हो ।
हास्यका विभिन्न रूप हुन्छन्। व्यङ्ग्योक्ति, उक्तिवैचित्र्य, छेडपेच, परिहास, अट्टहास, आक्षेप, नक्कल, अतिरब्जना आदि हास्यकै विविध रूप हुन् । साहित्य सिर्जना हास्यव्यङ्ग्यबाटै सुरु भएको हुन्छ ।
हाँसो सामान्यतया तीन प्रकारले प्रस्फुटित हुन्छ :
१ अकस्मात् फुस्कने,
२ घत परेपछि निस्कने,
३ कुत्कुत्याएपछि खुस्कने ।
यो दृष्टि उत्तेजक, भाव उत्तेजक, ध्वनि उत्तेजक भएर व्यक्ति, श्रोताका मनमा कुत्कुती मच्याइदिन्छ । साहित्यका विविध रसमध्येको एउटा रमाइलो रस हास्य नै हो। बीर, रौद्र, श्रृङ्गारजस्ता जुनसुकै रसमा पनि केही न केही मात्रामा हास्य रसकै प्रभाव पर्ने भएकाले हास्य रसजाई उत्तम रस वा राजरस मानिएको हो। मान्छेका ग्लानि, हतोत्साह, ईष्यां, आलस्य, नैराश्यजस्ता भावलाई हटाई प्रसन्नता, स्वच्छता, उमङ्ग उत्सुकताजस्ता मानव हृदय र मस्तिष्कमा गहिरो छाप पार्नं मदत गर्दछ । अनि हाँसो निस्कने वातावरण बनाइदिन्छ। हास्योपचारले व्यक्तिलाई शक्ति प्रदान गर्न सन्द्र र वैज्ञानिक मात्यता पनि छ।
हास्यव्यङ्ग्य कुनै राजनीतिक भूगाेलभित्र मात्र सीमित हुँदैन। यसको इतिहास खोज्दै र खोतल्दै जाँदा कहाँसम्म पुगिएला, त्यो अनुसन्धानकै विषय हो। मान्छे रोएर जन्मन्छ तर हसेर बाँच्न चाहन्छ। इतिहास खोज्दै र खोतल्दै जादा मानवसभ्यताको मुहानमै पुग्नुपर्ने हुन्छ ।
हास्य र व्यङ्ग्य हाम्रो भूगोलमा मात्र होइन सिङ्गाे भूगोलमा नै प्रयोग हुँदै आएका कुरा हुन्। आ-आफ्नै भाषासाहित्य, कलासंस्कृतिमा उत्पन्न भएका हुन्छन्, हामी र हास्यव्यङ्ग्य। यसमा फरक भाषाको मात्र हो, घत र घात उही हो।
विश्वपरिवेशतिर लागौँ
सत्रौं शताब्दीका अलेक्जेन्डर पोप बेनापती हास्यव्यङ्ग्य कवि गातिन्छन्। उनका कृतिले सामाजिक विकृतिलाई उजागर गरेर समाजलाई सचेत बताएको बुझिन्छ। अठारौं शताब्दीतिरका शेक्सपियरले उल्लेख गरेका नाटकहरूमा पाइने हास्यव्यङ्ग्यले त विश्वलाई ने बिउँझाउन र प्रभाव पार्न सकेकै हो। हाम्रा पौराणिक शास्त्रहरू एवम् संस्कृतका कथा, कविता, नाटकहरूमा शतकाैँ अधिदेखि हास्यव्यङ्ग्यको प्रभाव र प्रयोग हुँदै आएको छ। उन्नाइसौं शताब्दीका बनार्ड शालाई त व्यङ्ग्यका बुलेट नै मानिन्छ। त्यसैगरी अमेरिकाका वब हापलाई हास्यावतार नै मान्थ्यो, त्यसबेलाको समाजले। इटलीका तासोनी, जुस्ती, जियोजस्ता धेरै हास्यव्यङ्ग्यकार अठारौं शताब्दीतिरै देखा परिसकेका तथ्य विविध पुस्तक पत्रिकामा उल्लेख भएकै कुरा हुन् ।
यसरी विश्वका लेखक, नाटककार, कवि, साहित्यकार जजसले जेजसरी लेखे पनि उनीहरूले आफ्य लेखरचनाका माध्यमले समाज र सरकारमा भएदेखिएका विकृति र विसङ्गतिको पर्दाफास गरेर समाजलाई सजग सचेत गराएको देखिन्छ, हास्यव्यङ्ग्यकै माध्यमले। सबैतिरका साहित्यकारको सामान्य इतिहास हेर्दा सबैकाे भने हास्यको माध्यमले समाजलाई सचेत गराउने हो। सामन्तीप्रथा, एकाधिकार शासनसत्ता भएको मुलुकका लेखक, साहित्यकार बनेर निस्कने गरेका तथ्पहरू धेरै छन् । सोझै भन्न नसकिने परिस्थितिको उपज नै हो हास्यव्यङ्ग्य ।
हास्यव्यङ्ग्य विश्वका सबैजसो मुलुकमा शताब्दी अधिदेखि लेखिदै देखिदै प्रचलनमा प्रख्यात हदै आएका प्रयोग हुन्। त्यस्तै ग्रीसका अमोरयस अर्किलोकस, लसीलस, जर्मनका नाटककार गेटे, हास्यव्यङ्ग्यकार लुडविग, आदि पर्छन् भने फ्रान्सका एडम इत्ला हाल, पलस्कारो आदिका बदाम लेखिएको पनि देखिएकै हो ।
नेपालतिर हेरौं :
नेपालमा हास्यव्यङ्ग्यको प्रसङ्ग र प्रयोग अठ्ठाराैँ शताब्दीको प्रारम्भदेखि नै चल्दै र बढ्दै आएको पाइन्छ। शक्तिवल्लभ, भानुभक्त आचार्य, राजीवलोचन, सोमनाथ सिग्याल हुँदै कृष्णप्रसाद चापागाई, लीलाध्वज, हृदयचन्द्र, अच्छा राई, केशवराज पिंडाली, भैरव अर्याल, श्रीधर खनाल, वासुदेव लुईटेल, भीमनिधि तिवारी, श्याम गोतामे, घटोत्कच, दाताराम शर्मादेखि हालसम्मका लेखकहरू हजाराैँ भइसके । समयसापेक्ष यिनै सष्टाहरूबाट हास्यव्यङ्ग्य झन्झन तिख्ख र निखार आउनु स्वाभाविकै हो । समयसमयमा यस्ता लेखकहरूबाट कसैले गुलेली, कसैले गोला, कसैले बम त कसैले बन्दुक, मट्याङ्ग्रा, फित्कौली, घुएँत्राे आदि हतियार प्रयोग गरेर हास्यव्यङ्ग्यको विकास र समाजका अनैतिकलाई निकास गर्ने काम गरेर नै यस विधाले आज यो रूप लिन सकेको हो ।
जुनसुकै सरकार र समाजभित्रका विकृति र विसङ्गतिलाई सोझै व्यक्त गर्न नसक्दाको अवस्थामा प्रयोग गर्ने हतियार हो हास्यव्यङ्ग्य। यस्ता बालका लेखक, साहित्यकार, कलाकारले हँसीमजाकलाई माध्यम बनाएर दिएको योगदान र देखाएको बाटो पछिल्ला पुस्ताले पनि स्वस्य प्रयोग गरेरै बडून् । सरकारदेखि सरोकारवालाले गरे भनेका कमीकमजोरीमा सरोकार राखेर खबरदारीमा हास्यव्यङ्ग्यका हतियार प्रयोग हुन सकोस् । समाजलाई सचेत र सजग गराउन सक्दामात्र हुनेछ हास्यव्यङ्ग्यको विकास र पाउने छ सामाजिक विकृतिले निकास ।
०००
समकालीन साहित्य (२०७६)
Subscribe
Login
0 Comments
Oldest







































