साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुष्पक विमान चढेकै हुन्‌

कुनै घटना हेरेर पो गणेश (राजन) को मनोभाव यसरी फुर्दोरहेछ– सुमेरुलाई घुम्न जाने मयुरमा चढे । मैले भने जनताका सुखदुःख पढेँ ॥ गरिवका मुहारमा मन्दिर देखेँ मैले । देवता नै देख्ने भए गरिव चिन पैले ॥

Nepal Telecom ad

घिमिरे ‘मैदेली’ :

पौराणिक कालको कुरा हो, एकपटक गणेश र कुमारमा तँ ठूलो कि म ठूलो ? भन्नेमा ठूलो होड चलेछ । कसैले पनि यो ठूलो भन्न सकेनछन् । सानो ठूलो मान्ने कुनै आधार पनि रहेनछ । नीलकण्ठ (बाबु शिवजी) लाई झोक चलेछ । र उनले भनेछन् ‘जस्ले सुमेरु पर्वत घुमेर छिटो मकहाँ आइपुग्छ उही ठूलो ठहर्ने छ’ । निर्णयकर्ता नीलकण्ठको यो कुरो सुन्नासाथ कुमार विचारै नगरी हस्याङफस्याङ मयुरलाई विमान बनाएर स्वाभिमान देखाउँदै पहिलो हुन दौडेछ । यता गणेश भने मुसो चढेर सुमेरु सफर गर्ने सोख र हर्कतमा रहेनछ ।

कुमारले सोच्यो मेरो सुमेरु भनेको जन्मथलो हो भनेर आफू जन्मेको धरातल छोडेनछ । मातातीर्थ उमामहेश्वरतिरै सभक्ति लुटुपुटु भएर घुमेछ र नीलकण्ठबाट दुबै छोराका त्याग, समर्पण र मनोभावको मूल्याङ्कन गरी निर्णय भएछ । मन, मत र जनमत नबुझी जथाभाबी दगुर्नेभन्दा माता र मातृभूमिलाई महान् मान्ने नै ठूलो हुन्छ भनेर नीलकण्ठले निर्णय दिएछन् । नीलकण्ठले यो परिणाम सुनाउँदा कुमार छानाबाट खसेजस्तै भएर जथाभाबी बोल्न थालेछन् । आखिर कुमारले जति काइँकुइँ गरे पनि नीलकण्ठको न्यायिक निर्णयले गणेश ठूलो ठहरेर अग्रपूजाका अधिकारी भएछन् ।

पाठकवृन्द मैले यो छोटो कथा सुनायेँ । समसामयिक कुनै व्यङ्ग्यात्मक सान्दर्भिक प्रसङ्ग यसैसित जोड्दै छु । परिणाम प्रसङ्ग झन्डै यस्तै छ । कुनै प्रतियोगी कलिको कुमार बनेर सिङ्गो मेचीमहाकालीकै सुमेरुपर्वतको फेरो मारेछन् । पुष्पक विमान र उनको स्वाभिमान लरतरो रहेनछ । कुमारले मयुर वाहन गरेसरह उनले विमानलाई दौडको सवारीसाधन बनाएकै रहेछन् । होइन कसैले भन्न सकेन, वाह्य भ्रमणमा उनी तामझामसहितका सान्दार देखिए । पुष्पक विमान चढे । श्रम शक्ति र साधन मात्र होइन धन पनि खर्च गरे । दौडाइकै कारणले हो भने पुष्पक विमानमा सुमेरु घुम्ने कुमारनै पहिलो विजयी हुनुपर्थ्यो । जनमतमा के आधार पुगेन कुन्नि कलिको कुमारको कद पुष्पक.. विमानको कारणले कटाइदिएछ ! त्यत्रो घुम्दा पनि उनी प्रतियोगितामा असफल भएर पछारिएछन् ।

धन र साधन नभएका राजन (गणेश) ले मुसो वाहन बनाएझैँ दलपैदलकासाथ यतै लुटुपुटिएर घुमेछन् । उनको त्यतिबेला सुमेरुपर्वत घुम्न सक्ने ताकत र ल्याकत नभएकोमा सबैका सहानुभूति बटुल्न सफल भएछन् । उनले सुमेरु मानेर मातातीर्थतिरै घुमेछन्, मत्स्यनारायणको दर्शन गरेछन्, महादेव र उमामहेश्वरको परिक्रमा कीर्तिमहाविहारतिरै गरेछन् । आफ्‌नो विहारनै चितुविहार बनेछ । मातृभूमिको साभारमा मन्जुश्रीको मन्जुरी लिन चोभार चुमेछन् ।

सक्नेले नै छलाङमार्ने हो । पुष्पकले त सुमेरुनै घुमेर आउँदा पनि जनमतकोे परिणाम अर्कै भएछ । मातृभूमिको सेवा अर्को ठाउँमा पुगेर गर्दा बिपरित परिणाम हुने रहेछ भन्ने पछुतो त पुष्पक विमानमा दौडनेलाई पो परेछ । नीलकण्ठले घुमेर चुमेर आओ भनेको त वनवनै होइन मान्छेका मनमनै घुमेर आओ भनेको पो रहेछ । …पछि दैलो देखेर त पुष्पक विमान चढ्नेलाई पो पछुतो भएछ । राजनको सुमेरु भ्रमणको सार्थकता त देवपुर होइन कीर्तिपुर पो भएछ ! त्यतिबेलाका नारायणले गर्ने निर्णयको आधार त आजको नर पो भएछ । जनमनमा जो पुग्न सक्यो उहीमात्र पो सफल हुने रहेछ । साधन र सम्पति भयो भनेर दाजुलाई मान्न नचाहने कुमारको त्यस्तो दुर्गति भएछ । कुनै घटना हेरेर पो गणेश (राजन) को मनोभाव यसरी फुर्दोरहेछ–
सुमेरुलाई घुम्न जाने मयुरमा चढे ।
मैले भने जनताका सुखदुःख पढेँ ॥
गरिवका मुहारमा मन्दिर देखेँ मैले ।
देवता नै देख्ने भए गरिव चिन पैले ॥

०००
संभवत अन्यत्र कतै अप्रकाशित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x