साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजो–आज

राष्ट्रनीति बनेको छ भागबण्डा भारी निषेदको नीति बन्यो आलोपालेधारी । हिजो आन्थ्यो कोरियामा नेपालको धान आज युवा मरेका छन् कोरियामा जान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

चोरलाई चौतारो छ साधुलाई सुली
भनेजस्तो भएको छ युवालाई गोली ।
हिजो थियो शान्तिक्षेत्र आज कुरुक्षेत्र
अपराधी केन्द्र बन्यो राजनीति–क्षेत्र ॥

रोजगारी यतै थियो गयो देशपारि
युवाहरू गोता खान्छन् खोजी रोजगारी ।
धर्म थियो भकारीमा सनातनी साझा
कर्म थियो मुलुकमा किसानीको ताजा ॥

हिजो थियो कताकतै कौटिल्यको नीति
आज आयो जताततै वेथितिको नीति ।
नीतिसिति यत्रैसिति भन्न थाले मन्त्री
भद्रगोल पार्न थाले खाँटी गणतन्त्री ॥

केटाकेटी खेलेजस्तो खेल खेल्छन् नाइके
ख्यालठट्टा गरेजस्तो बोली बोल्छन् टाउके ।
बोलेपछि हुन्थ्यो हिजो रामवाणसरि
आज जेजे बोले पनि हुन्छ मनपरी ॥

राष्ट्रनीति बनेको छ भागबण्डा भारी
निषेदको नीति बन्यो आलोपालेधारी ।
हिजो आन्थ्यो कोरियामा नेपालको धान
आज युवा मरेका छन् कोरियामा जान ॥

बेसाएर कतिञ्जेल खाने ।
अन्नबाली हरायो रैथाने ॥

०००
नागार्जुन न.पा.–१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x