साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय जय पद !

Nepal Telecom ad

‘पद’ हरेक मान्छेको कदलाई अग्लाइ दिने सच्चाइ रहेछ । पदबाट हात धुनु भनेको परचक्रीको लात र घातभन्दा पनि डरलाग्दो अपवाद रहेछ । आकस्मिक रूपमा पदको परमधाम हुँदा हिजोसम्मको गदगद र उन्मत्त भैरवको जस्तो मद त आज भतभत पोल्ने र हदैसम्म दुख्ने बन्दोरहेछ । त्यसै भएर कोषकार अमरसिंह बाँडाले भाँडा नभै “पदं व्यवसित त्राणस्थानलक्ष्माङ्घ्रि वस्तुषु” अर्थात् पद भनेको व्यवसाय, रक्षा, ठाउँ, चिन्ह, गोडा वा वस्तु भनेर पदको पर्यायवाची शब्द त घतलाग्दै राखिदिएका रहेछन् । पदमा बसेर सत्ताधारी भई भत्ताहारी हुन पाईरहने राजनीतिक वा अन्य दर्जा हाम्राजस्ता अविकसित देशका लागि गतिलै व्यवसाय बनिदिएको हुँदा यो शब्द कति अर्थपूूर्ण रहेछ भन्ने पुष्टि भएको छ । पदमा आसीन हुँदा नै अघिपछि अङ्गरक्षक र अनुहार न दनुवारका सहयोगी भक्षक साथ लगाएर सुरक्षित हुन पाइन्छ । पदको पगरी गुथ्दा नै ठाउँ कुठाउँ जहाँ पुगेर रङ्गेहात पक्रिए पनि एकैछिनपछि दर्जाको हाकोडाकोले साँझ परेको सूर्यमुखी फूलझै अनर्थकारीहरू चुम्रुक्क पर्दछन् । वास्तवमा पद आफ्नो शान, मान र अभिमानको प्रतिक भएरै यसलाई चिन्ह भनेर पनि चिनाइएको होला । कोशकारले पदलाई गोडाको रूपमा अथ्र्याउनु भनेको सम्पूर्ण भ्रष्ट, दुष्ट, अस्पष्ट, अपराधी र आततायी कृत्यका भारपूर्ण कुशरीरलाई धान्ने दुइटा जङ्गगे पिल्लरै बन्न सक्ने यसको सामथ्र्यले नै हो । त्यसैले पदलाई चरण भनेर जे जे पनि वरण, अपरहण गर्न सकिने पाप जति तरण हुने र शत्रुजतिलाई मरणघाट पु¥याउने क्षमता रहेछ । पद वास्तवमा ठूलै फड्को भएकैले जस्तोसुकै खड्गो पनि सही मान्छे क्षमता नभएपनि अड्को पड्को तेलको धुप बनेर गुपचुप हुँदै लुड्याउँदा रहेछन् ।
वास्तवमा जब पोष्ट हत्याइन्छ तब त टोष्ट र रोष्ट भकुरी विदेशी झोलमा डुबेर मिष्टर जोष्ट बन्न पाइन्छ । जतिसुकै भद्दा, उपद्र मच्चाए पनि पोष्ट पाएकालाई कोही पनि घोष्ट हो भन्ने आँट गर्दैनन् । सबैतिर होष्टहरू लर्को लागेर चर्को सम्मान गरी पदीय अभिमानलाई ताजा र उच्च बनाउने कुकामले शिखरै छुन्छ । पदबाट पैसा, पैसाबाट प्रतिष्ठा, प्रतिष्ठाबाट प्रभाव, दबाव र रवाफका हाँगाबिंगा र उपशाखाहरू फैलिने रहेछन् । तीन न तेह्रको झुम्रे, जुम्रे, खुम्रे, ढुम्रे पनि जुरे भएर पदकै बलमा आफ्नो सामथ्र्यको भलबाढी बगाएको देख्दा मलाई पनि ‘पद’ भन्ने बित्तिकै मुख रसाइहाल्छ । त्यसैले त कतिपय क्षेत्रका अगुवा महासयहरू आर्यघाट पुगेर मात्र पद र शरीर दुवै छोड्छन् । यो बजिया पदले त मरेपछि पनि मलामीकै भीड टीठ लाग्दो हुँदोरहेनछ । भए नभएका गुण बखान गरेर आसुरीपनलाई पनि देवत्वकरणले सम्भरण गर्ने दुनियाँको चाकडी स्त्तोत्र, अग्निहोत्र जत्तिकै पवित्र बनेको देख्दा मेरीबास्सै ! खित्का रोकिंदैन पो त् !
वास्तवमा ‘सत्ता” किसिम किसिमका काइते शीर्षकका भत्ता भकुरी आइते, कथुरे र तिल्के भई जुरो ढल्काएर ‘हुक्काँ’ गर्ने पाशुपतकरणको नौटङ्की हो । सहर–सहरमा रहरलाग्दा आलिसान भवन बनाएर राष्ट्र राष्ट्रियता र जनआकाङ्क्षालाई हवन गरी गोमन साँपझैं जनसाधारणलाई डसेर कहर दिने जघन्य कुकृत्य रहेछ । जनतालाई ढाल बनाएर देशै बेहाल पारी हलाहल विष ओकल्ने विश्वासघाती कामको प्रतिक रहेछ पद । थरीथरीका थारा नारामा शुक्र, बृहस्पतिजस्ता तारा देखाएर आफू र आफ्नाका पक्षमा सोह्रै कौडी ठाडा गर्न पाइने मातृभूमि लुट्ने लाइसेन्स रहेछ पद । यहाँ पद सेवा गर्न हैन आफै मेवा भकुर्न, न्यायको लागि नभएर शोषण खातिर अँठ्याइँने निजी बिर्ता रहेछ । भष्ट प्रशासक दुष्ट राजनीतिककर्मी पदकै बलमा आफू ढाडी बन्ने क्षमताको बढोत्तरी भैरहेछ । साँच्चै यहाँ जनअदालत खडा गरेर यो देशका सुकिला मुकिला पद हत्याराहरूको गतिलो शल्यक्रिया गर्न सके तीन करोड नेपाली जनता कोही गरीब हुनेछैनन् । यसैले त पदबुभुक्षुहरू एकल जातीय संघीयता र बहुल जातीय संघीयताको घनचक्करमा आम नेपालीलाई विधानविहीन बनाएर अक्करमा थुनिदिएका छन् र भनेका छन् ‘खाए खा नखाए घीच, चुनाबमै छ हाम्रा सबै चीज’ ल अब फेरि पद नवीकरण गरेर वा हिजैको पदीय भूत जगाएर जनतालाई तर्साउन उद्य्त यी निकृष्ट जुवाडे फेरि पदको हारालुछ गर्न जनतालाई आन्दोलनको भयकारी मोर्चामा मर्चा बनाउँदैछन् । पदबाट बल्ड्याङ्ग खाएका यी नीति हरामहरूलाई अझ पनि राम राम नभनी पदमै आराम गर्न दिने हो भने जनताले फेरी बिराम गर्ने बन्छ । कालोबजारीयाका साँढुभाई, तस्करका ठूलो दाई, रातो पासपोर्ट बेचुवा काई, हत्या र अपहरणका आतताई, कमिसनखोरका घोर ताता ताईहरूलाई अब पदबाट सँधैका लागि बाईबाई ! गर्नुपर्छ । आऊ जनता अब पदको ममतामा हामी समता भएर पोखौं । साँच्चै पद सुरक्षाको छद, आदर्शको कद, सेवाको परपद, जनताका आपत् र विपत्को ‘संपद’ बनाउन पर्छ । यसैले पदलाई अब सुल्टो तरिकाले महिमा गान गरुँ ! जय, जय पद हुनुपर्छ आम जनताका कद !
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x