साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डे जिन्दगी !!

Nepal Telecom ad

(विश्व खुट्टे–भकुण्डो जात्रा २०१४ को सन्दर्भमा)

बिहानै भकुण्डो भकुण्डै छ राती !
भकुण्डो बने झैं जुटे झुण्ड साथी !!
भरी सोम–प्याला भकुण्डे गिलास !
भकुण्डे बहाना बन्यो आज खास !!

अहो रात्र गुञ्ज्यो हरे गोल गोल !
छ सानो भकुण्डो महँगो छ मोल !!
असाध्यै पियारो बनेको छ हुस्की !
छ प्यारो भकुण्डो र प्यारो छ चुस्की !!

लगाएर बाजी हजारौ हजार !
नयाँ रोजगारी बनेको छ आज !!
भकुण्डे छ माली भकुण्डो छ बोट !
भकुण्डे बगैंचा फलेको छ नोट !!

भकुण्डो बनेका सबै बृद्ध–बाल !
सबैको छ साझा भकुण्डे सवाल !!
भकुण्डै छ हावा भकुण्डै छ पानी !
भकुण्डो बनेझैं भयो जिन्दगानी !!

बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x