श्याम सापकोटातिन दनक
१.
राजनीतिक उद्योगमा
कर लाग्दैन
भ्याट लाग्दैन
त्यसैले होला
दण्डित हुँदैन
सुविधाको नाममा
छल्न पाईन्छ
लुट्न पाईन्छ
त्यसैले होला
मालामाल बनिन्छ
सेवाको नाममा
भोट पाईन्छ
नोट पाईन्छ
त्यसैले होला
चर्चित भईन्छ
तर,
देशको राजनीतिमा
त्याग चाहिन्छ
बलिदान चाहिन्छ
समर्पण चाहिन्छ
दूरदर्शिता चाहिन्छ
त्यसैले गर्दा
अमर बनिन्छ … !
२.
स्वार्थको लम्पट खुट्नेहरू
बन्सो सरि मौलाए
कन्चन पानी बग्थ्यो बागमतीमा
यिनैले नाली बगाए
बागमतिलाई बलात्कार गर्नेहरू
सभ्यताका कुरा गर्छन्
देशको ढुकुटी रित्याउनेहरू
नयाँ नेपाल बनाउछौं भन्छन्
सपना बेच्ने फौबन्जारहरू
गल्ली गल्लीमा भौतारिँदै छन्
इमान जोगाउँदै बढ्नेहरू
सबका हृदयमा बसेका छन्
३.
देशको ढुकुटी,
जनताको विश्वास
रित्याउने डाँकाहरू
जताततै टेण्डर भर्दैछन्
बाँकी, अछुतो कुनै ठाउँ छैन
आँसु लुटेर पनि नाँचेका छन्
खुसी बेचेर पनि हाँसेका छन्
वैधानिकताको मोहर लाउन
कम्मर कसेर जुटेका छन् ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































