साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पप्पी सेम सेम

Nepal Telecom ad

हाम्रा नेता अङ्कलको कति ठूलो भुँडी
भुँडी देखी वाक्क भा’छिन् उनकै घरकी बूढी ।

सुराल–साडी फेरे जस्तै अङ्कल गाडी फेर्छन्
केही भन्नु हुन्न यिनी आँखा तरी हेर्छन् ।

अघि अघि ढोके छाते पछि लाउँछन् चम्चा
जन्ताले नै दिनुपर्ने सिँगान पुछ्ने गम्छा ।

काम गर्ने बेलामा चाहिँ जहिल्यै खटपट
हाम गर्ने बेलामा चाहिँ मिल्छन् झटपट ।

तलव, भत्ता, कमिसन र घुस पनि खाए
संविधान ल्याउँछु भन्थे अर्की आन्टी ल्याए ।

हाम्रा नेता अङ्कलको प्वाल परेको पेट
गोबर, गिट्टी, अलकत्रा, पचाइदिन्छ जेट ।

भूत हुन् कि भूतपूर्व हुन् छुट्याउनै गाह्रो
नाङ्गै छन् कि लुगा ला’छन्, खुट्याउनै साह्रो ।

लुगा लाएर आउनू अङ्कल खेलौँ फेयर गेम्
नत्र भन्छु सेम् अङकल पप्पी पप्पी सेम् ।

सेम् सेम् नेता अङ्कल पप्पी पप्पी सेम्
सेम् सेम् पप्पी अङ्कल पप्पी पप्पी सेम् ।

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x