मनोज गजुरेलगनोज मजुरेलका जोकहरू– २
झिँगाको पुरूष र महिला
महाकवि देवकोटाले भनेका छन्– ‘ईश्वर चुम्दछ, भक्तहरूको श्रम गरेको हात । अर्थात जो श्रम गर्दछ, उसलाई भगवानले माया गर्नुहुन्छ, जो काम गर्दैन, झिँगा मारेर बस्छ, उसलाई भगवानले के गर्दछन् ? गर्छन् के भने–
एक पटक अल्छीराम अधिकारी भगवानको चाकडी गर्दैथियो ।
भक्त– भगवान, लाख वर्ष हजुरका लागि त थोरै हो है ।
भगवान– हो, लाख वर्ष मेरा लागि मात्र एक सेकेन्ड हो भक्त ।
भक्त– अनि लाख रुपियाँ पनि हजुरका लागि थोरै हो, हगि ?
भगवान– हो, एक लाख भनेको त मेरा लागि एक पैसा हो ।
भक्त– मलाई त्यो एक पैसा दिनुहुन्छ ?
भगवान- अवश्य, बरू एक सेकेन्ड प्रतिक्षा गर ।
(भगवान जान्छन्)
त्यसो भन्दैमा झिँगा मार्नु वाहियात हो भन्ने चाहिँ हैैन नि । एकदिन खप्परध्वज किचनमा बसेर झिँगा मार्दै थियो । श्रीमतीको प्रवेश । सोध्छिन्– के गर्दैछौ तिमी ?
खप्पर जवाफ दिन्छ– झिँगा मार्दैैछु ।
खप्परध्वज– तिमी मात्रै मार्छौ हौला नि । पाँच वटा मारेँ पाँच वटा । ३ वटा पुरुष झिँगा, २ वटा महिला झिँगा ।
श्रीमती– कसरी थाहा पायौ नि झिँगाको पुरुष र महिला ?
खप्परध्वज– सजिलो छ नि, ३ वटा बियरको बोतलमा टाँसिएका थिए, २ वटा टेलिभिजनमा ।
यृद्ध र शान्ति
युद्ध र शान्ति एक अर्काका बिरोधी । अबको एजुकेसन यृद्धको विपक्षमा र शान्तिको पक्षमा हुनुपर्दछ । शान्ति र युद्धको विषयमा क्लास भईरहेको थियो–
गौतम गुरु– ल, जो जो शान्तिको पक्षमा छौ, ती सबैले हात उठाऊ ।
विद्यार्थी– (सबैजना) हामीसबै युद्धको विरोधमा छौं सर ।
गुरु– धेरै राम्रो । शान्ति नै समाधान हो । हामीहरू युद्धको विपक्षमा किन लाग्नुपर्छ ? कसलै भन्छ ?
विद्यार्थी मध्य सबैभन्दा फटाहा, झगडिया, गुण्डा प्रवृतिको डम्बरेले भन्यो–
डम्बरे– म भन्छु सर ?
गुरु– (छक्क पर्दै) तिमी पनि युद्धको विरोधी ? किन नि ?
डम्बरे– हो सर, म युद्धको विरोधी । किनभने युद्ध भयो भने, त्यो भोलि इतिहास बन्छ र मलाई सबैभन्दा अल्छी लाग्ने विषय भनेको त्यही इतिहास हो सर ।
Subscribe
Login
0 Comments
Oldest









































