साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सीको डर

Nepal Telecom ad

एउटा भीमकाय अपरिचित कालो मान्छे हाकिमको कार्यकक्षमा पसेको देखेर त्यहाँको खाली कुर्सी डरायो । थक्र्यो । हडबडायो । अनि सावधान भयो । र सोच्यो । हाकिमसाहेबले बस भनेपछि त त्यो भीमकायको भार मैलेनै बोक्नुपर्ने भो भनेर कुर्सीले आफ्नो अङ्गप्रत्यङ्गलाई सचेत गरायो । सिंहदर्बारको ठूलो कोठाका ठूला हाकिमलाई एक्लै भेट्न त्यो रूपमा त्यस्तो मान्छे दिउँसै त कमै आउने गर्थे । त्यस कोठाका सबै घटनाको अमुक साक्षी छ त्यही कुर्सी । हाकिमसाहेबले बस भनेपछि त त्यो भुँडेले मेरै ढाड लच्काउने होला भनेर कुर्सी आन्तरिक तयारीमा नै रह्यो ।

कुर्सीको भाग्य भनौँ कि हाकिमको भाग्य भनौँ त्यो कालो मान्छे कुर्सीमा नबसी कालो हृदय खोलेर एकैछिन कुरा गरी ब्रिफकेश हाकिमसाहेबपट्टिको टेबुलमुनि राखी कुर्सीमा नबसी हँसमुख बिदा भयो । अनि कुर्सीलाई बडो आनन्द लाग्यो । तै त्यसलाई एकैछिन पनि बोक्नु परेन । धन्य हाम्रा ठूला हाकिम ! एक्लै आउनेका काम कतिछिटो सिध्याइदिएको ? दुब्ला पातलालाई धेरैबेर बोकिरहने कुर्सीले सोच्यो ।

यसैगरी रित्ताहात आउने दुब्ला पातला अरुहरूका काम पनि छिटै सिध्याइदिनु नि । किन कुराइराखेर मलाई बोझ पारेको होला ! यस्ता घटनाबाट अनुभवी कुर्सी भावुक भयो । केही खुसी केही सन्त्रासको अनुहार लगाएर पल्याकपुलुक हेरेका हाकिमलाई त्यो खाली कुर्सीले एकतमासले हेरिरह्यो ।

‘रचना’ पूर्णाङ्क १२८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकाकै खेल, टाउके नै खेलाडी !

टाउकाकै खेल, टाउके नै...

घिमिरे ‘मैदेली’
धन्य नेता नेपालका !

धन्य नेता नेपालका !

घिमिरे ‘मैदेली’
सुशासन कि घुशासन ?

सुशासन कि घुशासन ?

घिमिरे ‘मैदेली’
कुर्सी, कमिसन र प्रशासन

कुर्सी, कमिसन र प्रशासन

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x