साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला किन त्यत्रो ठूलो ?

Nepal Telecom ad

ए अङ्कल हजुरको गाला किन त्यत्रो ठूलो ?
काँधमा नै नअटाउने माला किन त्यत्रो ठूलो ?

हजुर त बच्चा जस्तो झगडा पो गर्नु हुन्छ
आफ्नै दाजु–भाइ बीच ज्वाला किन त्यत्रो ठूलो ?

दिनभरी काम गर्ने ज्यामी भोकै मर्छन् यहाँ
हजुरलाई सुत्दा पनि ज्याला किन त्यत्रो ठूलो ?

गर्न सक्ने कुरा मात्रै भाषणमा बोल्दा हुन्न ?
आशै आशले बनेको त्यो भाल किन त्यत्रो ठूलो ?

हजुरले संविधान क्वाप्पै खानु भाको रे त ?
होइन भने पेटमा मात्रै छाला किन त्यत्रो ठूलो ?

कि त ब्याउनु कि ओकल्नु भुँडीको त्यो चिज
नौटङ्की त्यो गाईजात्रे चाला किन त्यत्रो ठूलो ?

नलाङ– ७, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x