साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्न है हुन्न !

Nepal Telecom ad

विश्वका सबैभन्दा जेठा देशहरू मध्ये नेपाल हो भनेर धाक लगाउन हुन्छ
तर २००७ सालभन्दा पहिलेका नेता, राजा, अगुवाहरूबारे राम्रा कुरा भन्न हुन्न है हुन्न !

मल्ल लिच्छवी कालमा बनेका संरचनाको धाक लगाउन हुन्छ
तर ती निर्माणकर्ताको सम्मानमा केही बोल्नु, गर्नु हुन्न है हुन्न !

“मेचीदेखि महाकाली, हामी सबै नेपाली” भनेर उफ्रन हुन्छ
तर त्यो एकीकरण गर्ने “पृथ्वीनारायण शाहकी जय” भन्नु हुन्न है हुन्न !

हामी कहिल्यै अङ्ग्रेजको गुलाम भएनौँ भनेर धाक लगाउन हुन्छ
तर त्यस्ता अङ्ग्रेजबाट देश जोगाइ राख्ने राणाहरू लगायतको प्रशंसा गर्नु हुन्न है हुन्न !

पञ्चायत व्यवस्थाले बसाएका विकास–सुधारका पूर्वाधारहरू उपभोग गर्न हुन्छ
तर त्यतिबेलाका सुधारकर्ता राजा “महेन्द्रकी जय” भन्नु हुन्न है हुन्न !

राजा वीरेन्द्रको बंश नाश भएकोमा दया देखाउन हुन्छ
तर ती राजाले प्रजातन्त्रलाई हुर्कन दिएको संरक्षणको प्रशंसा गर्न हुन्न है हुन्न !

अहिले भएका नेता मात्रै पो नेता हुन् त, यिनैले देश बनाए र बनाउँछन् भन्न हुन्छ
तर त्यो भन्दा पहिले पनि धेरै राजा र नेताले यो देशमा धेरै बनाएका थिए भन्न हुन्न है हुन्न !

विवेक बेच्दै र तथ्य मिच्दै अहिलेका शीर्षस्थ नेताहरूले नै नेपाल आज्र्याको हो भन्न हुन्छ
तर यी ६०१ हाम्रा नया मालिकले जे भन्छन त्यसमा नाई, होइन या हुन्न भन्नु हुन्न है हुन्न !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x