साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ एउटा सहमति गरौँ

Nepal Telecom ad

आऊ एउटा सहमति गरौँ
अलिखित, अमुर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क
तिमी मेरो तारिफ गर
म तिम्रो गर्छु
तिमी मैले बिगारेका कुरा सच्याऊ
म तिम्रा कुरामा फुलबुट्टा भर्छु ।

हामी दुवैलाई थाहा छ,
सिधा औंलाले घिउ आउँदैन
त्यसैले, तिमी औंला बङ्ग्याऊ
म खुट्टा घुमाउँछु
तिमी उच्च नैतिकताको कुरा गर
म समर्थन जनाउँछु
यसरी तिमी पनि व्यवहार मिलाऊ
म पनि केही कमाउँछु ।

तिमी मेरो छोरालाई छात्रवृति मिलाइदेऊ
म तिम्रा काममा समर्थन जनाइदिउँला
तिमी मेरो सालोलाई ठेक्का दिलाइदेऊ
म तिम्रो ससुरालीको घर बनाइदिउँला
तिमी मेरो सदर गर
म तिम्रो कदर गर्छु
यसो गर्दा तिमीलाई नि कसैले शङ्का गर्दैन
मैले पनि स्पष्टीकरण दिइरहनु पर्दैन ।

किनकि,
मैले आफैंलाई दिन मिल्दैन
तिमीले नि आफैंसँग लिन मिल्दैन
तिमी मलाई सम्मान गर
म तिमीलाई खादा ओढाउँछु
तिमी मेरा लागि श्रोता तयार गर
म तिम्रा लागि दर्शक बढाउँछु ।

यसरी,
हाम्रो नाम पनि हुन्छ, दाम पनि हुन्छ
अरुले देख्दा काम पनि हुन्छ
तिमी मलाई प्रतिभावान भन
म तिमीलाई निष्ठावान भन्छु ।

त्यसैले,
आऊ एउटा सहमति गरौँ
अलिखित, अमूर्त र अव्यक्त
तर विशिष्ट, सशक्त र परिपक्क
तिमी मलाई क्यावात् भन
म तिमीलाई स्यावास भन्छु ।
तिमी मेरो समर्थक बन
म तिम्रो प्रवक्ता बन्छु ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x