साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा बोल्छ

Nepal Telecom ad

क.

मालिक मानिस ! ही ही हः !
ही ही ह हः ! ही ही हः !

ख.
ईश्वरसँग के मैले मागेँ बुद्धिको निट्ठुर खर वरदान ?
बुद्धि जो गुन्दछ, बाँड्दछ, बुन्दछ
फेल्दछ, जेल्दछ, हान्दछ, ठेल्दछ,
फेरि रोप्दछ, फेरि उखेल्दछ ?
बुद्धिको बलियो कमजोरी, तपाईंहरूको बोक्रे शान ?
प्रकृति नउत्रने ठेलमठेला ठेली निकाल्नोस् पढ्नोस् ल,
संसार धुँधला छायामा,
क, ख, ग, घ, ट, ठ, ड, !
मालिक मानिस ! ही ही हः !
घाँस बनाउन घाँसको बीउ नै नभई, तपाईको शक्ति छ !
मालिक मानिस ! ही ही हः !

ग.
बुझ्नुभयो को गर्दछ के, के पर्दापछाडि, किन कसरी ?
यसमा मालिक क्या मसरी !
बुद्धिमत्ता व्यङ्ग्य भनीकन
बुझ्दछ पशुको जगत्, हरि !
कुन कविता हो हृदयस्पर्शी, गर्दभ–अवयव–हर्ष–लहर ?
छन्द–सिहर !
घँस्याइलो यो चउर हुँदामा, न्यानो घामले उज्ज्वल प्रहर ?
अथवा तपाईंको मसीको लहर ?
कृत्रिम बुट्टा कागजभर ?
कोखा कुत्कुती लाग्छ अँ !
मालिक मानिस ! ही ही हः !

घ.
काम–बुभुक्षा तत्व अगाडि चार वेदको के माने ?
जूनकीरीको पुच्छर ! झिल्को,
लोखर्केको सुपारी ।
यत्ति बुझे ता बुझियो सारा,
किन यी अडकन भकारी ?
तरङ्ग मेरा पनि छन् मालिक ! रङगी–बिरङ्गी भारी,
तर म बोल्दिनँ, लेख्दिनँ, पोख्दिनँ,
तपाईहरूझैं डकारी ।
हेर हेर ती कुरूप भयानक
मुण्ठमाला रे मूर्तिहरू !
जननी बालक रेट पिउँदी !
हात्तीदेवका सूँडहरू !
मेरो ईश्वर घाँस मुनाझैं दुधिलो कलिलो गुलियो छः
सर्वव्यापक कहिल्यै नमर्ने,
फेरि उम्रने बलियो छ !
तर रे तपाईको ! कछुवा, वराह, सिंह हेर ! जो मनमा छ !
उकुसमुकुस भो पेटको तह !
मालिक मानिस ! ही ही हः !
यौन–पूजामा, भू–पूजामा केही झल्केथ्यो, केही ल !
मालिक मानिस ! ही ही हः !


ज्ञानको तरुको निषिद्ध फल के काल–व्यालले चाख्न लगायो ?
बाबा आदम ! त्यसको कस्तो रस आयो ?
पृथ्वी–पतन औ भीषण श्राप ‘खाएस् भालको पसिनाले र !’
खच्चुङ ! जुृग जुग काँढा कुल्ची,
वाह ! हलीको ह, ह, ह !
जल्दा मगजले बिन बिन दाना–घोरिउ लाटो–कोसेरोझैं
हिसाब गरे सब के रैछ !
मेरो कहाँ गो ‘माले ह !’ ? ईश्वर ज्यापु, मालिक म !
अन्तःकरणको नाटीकुटीमा
धर्मले आफै उल्टी खस रे स्वभाव निर्मित निज रौरव !
ल ! ल ! ल !
ज्ञान अज्ञान कुन ठूलो हँ !
मालिक मानिस ! ही ही हः !

च.
नब्बे सालले के बतलायो, वास्तुकलाको देख्यौ धराप ?
वेदको पाले बाहुन राख्यौ, देख्यो समाजै सडेदो पाप ?
तासघरमा फू फू हावा, सड्दा, झूठा सब दावा
स्वर्ग कल्पियौ नरक बनायौ,
कमसेकम ता गर्दभ जाति बीच पृथिवीमा त छ !
अणुबम बनाई हामी बुज्रुग पशु पनि मार्ने सुर के छ ?
झूठा–शानी ए ज्याक्–ड ?
घाम र हावा कपडा हाम्रो, तिम्रो शरीरमा काँढा ल !
प्रकृतानन्दी तारस्वरमा, सच्चा कलाको मर्मज्ञ,
बोल्छु गधा म फुइँ नझिक ?
हामी गधाको बुद्धि सिक !
गिर्न उडेथ्यौ यसरी ल !
मालिक मानिस ! ही ! ही ! ह !
ही ही हः हः ! ही ही हः !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढे

साँढे

लक्ष्मीप्रसाद देवकोटा
हास्य रस

हास्य रस

लक्ष्मीप्रसाद देवकोटा
जुँघा

जुँघा

लक्ष्मीप्रसाद देवकोटा
प्रभुजी, भेंडो बनाऊ

प्रभुजी, भेंडो बनाऊ

लक्ष्मीप्रसाद देवकोटा
कविराजको च्याङ्ग्रे खच्चर

कविराजको च्याङ्ग्रे खच्चर

लक्ष्मीप्रसाद देवकोटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x