चट्याङ मास्टरओओईई, संविधान खोई ?
माघ आठमा संविधान आए हामी जनता कहाँ जाने ?
माघ आठमा संविधान नआए तिमी नेता कहाँ जाने ?
सिङ्गै एउटा नेपाललाई प्रदेश मान्दाको सामथ्र्य देखिसकियो,
अब यसका पनि टुक्राको सामथ्र्य कहाँ खोज्ने ?
सिङ्गै नेपालको पहिचान जोगाउन त यो धौ धौ छ,
अब जोगाउने पहिचान के रोज्ने ?
पहिचान सहितको संविधान आए पहिचान नहुने कहाँ जाने ?
पहिचान बिनाको संविधान आए पहिचान हुने कहाँ जाने ?
सङ्घीयता सहितको संविधान आए हामी को को कहाँ जाने ?
सङ्घीयता बिनाको संविधान आए तिमी को को कहाँ जाने ?
सामथ्र्य देखिए पहिचान खोई ? पहिचान भेटे सामथ्र्य खोई ?
भविष्य देखिए इतिहास खोई ? इतिहास भेटे भविष्य खोई ?
संविधान दिनेहरू यिनै हुन् भने लिनेहरू खोई ?
संविधान लिनेहरू यिनै हुन् भने दिनेहरू खोई ?
माघ आठमा संविधान आए हामी जनता कहाँ जाने ?
माघ आठमा संविधान नआए तिमी नेता कहाँ जाने ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































