साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुन्टे र परेड

Nepal Telecom ad

जमाना अनुसार पुण्टेको नाम कता कता भुन्टे भएर मुन्टेको छ, मुन्टेको छ । पुण्टे कसको घरमा बास बसेन र ? यो त उम्रे देखि घुम्रेकासम्म, सुकेकादेखि फुकेकासम्म, भुण्टेको घरदेखि गुण्टेको घरसम्म बास बसेको इतिहासले कहेको छ, त्यसैले त आजसम्म यसको स्वाद तपार्इंको जिभ्रो जिभ्रोमा रहेको छ । कहिले यो सोमरसको नामले चर्चित भयो कहिले रक्सी त कहिले बाहुन पोका, त कहिले खोया बिर्के त कहिले ‘तीन पाने’ त कहिले बट्टारेको नामले परिचित हुँदै गयो तर मलाई यस्को नाम पुण्टे परेड भएको नै मन पर्छ । आँखाको नानी सानो भए पनि महत्व ठूलै हुन्छ । पानी भन्दा पुण्टे मात्रामा थोरै होला तर यसको महत्व निकै छ ।

जहाँ पुग्दैनन् रबि त्यहाँ पुग्छन् कवि भन्या झैं, कवि नपुग्ने ठाउँमा पनि पुण्टेले अड्डा जमाएको पाइन्छ । संसारका कुना कुनामा चामल बरु नपुगेको होला तर पुण्टेको परेड मज्जाले देख्न पाइन्छ । भनिन्छ नि ‘एक भए ठिक्क, दुई भए दिक्क’, तीन भए तानातान, चार भए हानाहान भन्नु मात्र हो यहाँ चार गिलास भन्दा बढी खाने नै बढी छन् अनि पुण्टे खाएर परेड खेल्नेहरू मज्जाले देख्न सकिन्छ । एक जनालाई पुण्टे खान भन्दा घिउ खाउ भनेको त घिउ खाए जिउ कहिले हो, कहिले लाग्ने, तर पुण्टे खाए तुरुन्तै पो लाग्छ पो भने बा ! पुण्टेले त परेड नै खेलाउँछ । यो खाए पछि, लाए पछि लेफ्ट राइट गर्ने बनाउँछ । यो खानेहरू जुत्ता खोलेर हातमा जुत्ता लगाएर परेड खेलिरहेका पाउन सकिन्छ । एक दिन सुरक्षाकर्मीका उपल्लो दर्जाका व्यक्तिले सित्तैमा पुण्टे भेट्टाएछन् अनि चिरिप्प दुईचार पुण्टे चढाएर रोल कलमा पाइला बढाएछन् । छोटो समय हुने रोलकलमा उन्ले घण्टौं परेड खेलाए छन् ।

त्यही बेलामा चोरले उनकै कोठाको सामान परेड खेलेर गायव गरिदिएछन् । त्यसैले पुण्टेले परेड खेलाउँदा सबैलाई खेलाउँछ । एक दिन गाउँको एक जना पुण्टे प्रेमी झुत्रेमुत्रे कपडामा बाटोमा हिँडिरहेको रहेछ । त्यतिबेला उस्ले पुण्टे खान नपाएर बाटोमा लेफ्ट राइटको परेड खेल्न नपाएको रहेछ, निकै गरिब अवस्थामा देखेर एकजना विदेशीले उसलाई सहयोग गर्ने भएछन् । उनी त्यो शहरमा दुईचार वर्षको लागि बसेका रहेछन् । उक्त पुण्टे प्रेमीलाई पहिलो पटक कपडा किन्न पैसा दिएछन् । त्यसको केही दिनपछि त्यो पुण्टे प्रेमीलाई उनले निकै दयनीय अवस्थामा देखेपछि घर बनाउनको लागि पैसा दिएछन् । अनि केही महिनापछि उसलाई बिहे गर्नको लागि पनि ती विदेशीले पैसा दिएछन् । ओहो अचम्म ! घरै नहेरी ती विदेशीले भकाभक पैसा दिएका रहेछन् तर पैसा जति उसले पुण्टेको परेड लगाएर सकेको रहेछ ।

अन्त्यमा त्यो पुण्टे प्रेमीले विदेशीसँग पैसा माग्न जाँदा त्यो विदेशी उनको घर हेर्न जाने भयो । पुण्टे प्रेमीले उनलाई यौटा पहाडको टुप्पोमा परेड खेलाउँदै लगेछ अनि पल्लो पट्टी पहाडको बीच भागतिर औँलाले इङ्गित गर्दै घर देखाएछ अनि भनेछ– उ त्यो मेरो घर हो । विदेशी मख्ख भएछ । केही बेरपछि बुढो उमेरकी यौटी विधवा घर बाहिर देखा परिछन्, विदेशीले सोध्दा उसले भनेछ– उनी मेरी आमा हुन् । एक छिनपछि एकजना युवती साडी चोलीमा देखा परिछन्, पुण्टे प्रेमीले भन्यो– उ त्यो मेरी जहान हुन् जसलाई बिहे गर्न तपाईले मलाई पैसा दिनु भएको थियो । विदेशी मख्ख प¥यो किनकी उसको पैसा सदुपयोग भएको रहेछ भन्ने उसले सोचिरह्यो । केही बेरमा दुईजना साना केटाकेटी घरबाट निस्किएपछि पुण्टे प्रेमीले भन्यो– उ ती मेरा बाबुनानी हुन् । विदेशी झन् मख्ख पर्दै गयो । त्यति नै बेला एकजना अधवैंशे उमेरको एक जना केटा त्यो घरको बाहिर निस्केपछि विदेशीले सोध्यो– उ त्यो को हो ? बिचरा पुण्टे प्रेमीलाई के भनौं के भनौं जस्तो लाग्यो र गोजीको पुण्टे एक पटक छामेर भन्यो– उ त्यो, …. उ त्यो परको घरमा देखिएको त मै हुँ … ।

बेँसीसहर, लमजुङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x