साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान विचारक !

Nepal Telecom ad

कस्तो दशाको दिन परेछ
उसको नमस्कार फर्काई हालेँ
उ त बिचार सुनाउन तम्तयार रहेछ
नमस्ते त उसले आफ्ना बिचार सुनाउन पो गरेको रहेछ !

कुरो बुझेर म के गरूँ गरूँमा परेँ
र भनेँ–
ल आउनुहोस् हामी बिचार गरौँ,
नौलो काम हो तर “ट्राई” गरौँ
न पैसा न परिश्रम लाग्छ,
त्यसैले त जो पनि बिचार गर्छ
हामी पनि त “ट्राई” गरौँ,
आउनुहोस् हामी बिचार गरौँ

बिचार नसके बि ३ गरौँ,
बि ३ नसके बि २ दुई गरौँ
बि १ बाटै सुरु गरौँ,
बि सून्यले के फरक पर्छ ?
न परिश्रम न पैसा पर्छ,
जति सकिन्छ त्यति गरौँ
हामी पनि त “ट्राई“ गरौँ
आउनुहोस् हामी बिचार गरौँ ।

त्यसपछि जब उहाँले विचार व्यक्त गर्नु भो
मैले भन्नु पर्ने भो
ओहो ! तपाईंले त शुरु गर्नु भो
पहिलो “ट्राई” नै सफल गर्नु भो
कस्तो राम्रो बिचार गर्नु भो
गजब गजब गजब गर्नु भो
तपाईंले पनि बिचार गर्नु भो
गजब गजब गजबै गर्नु भो ।

कस्तो राम्रो बिचार गरेको !
त्यस्तो राम्रो बिचार पनि
किन सित्तै व्यक्त गरेको ?

बिचार ठुलो मानव धन हो
ठुलो बिचारको मानिस ठुलो हो
बिचार तपाईको अमूल्य धन
त्यो पनि सित्तै व्यक्त गर्ने हो ?

बिचार तपाईले ब्यक्त गर्नु भो
त्यत्रो घाटा व्यर्थ गर्नु भो
बिचारको ट्युसन दिँदा कमाउने
सम्भावना थियो, ध्वस्त गर्नु भो ।

तपाई बिचार गर्न नछोड्नुहोस्
बिचार गर्नुहोस् तर गोप्य राख्नुहोस्
बिचार कोही माग्नै आए
पैसा लिई मात्र व्यक्त गर्नुहोस्
सित्तै व्यक्त गर्दै नगर्नुहोस् ।

भन्नु होला,
ठुला बडा बिचार व्यक्त गर्छन्
व्यक्त गरि गरि पदमा पुग्छन्
म पनि बिचार व्यक्त गर्दछु
व्यक्त गरि गरि पदमा पुग्दछु !

यहाँ तपाईंको बिचार पुगेन
उनका बिचार त सस्ता थिए
त्यसैले पो त सित्तैँ दिए
त्यो पनि पदमा पुगेपछि दिए
के थाहा त्यति बिचार दिँदा
उनले पदमा के के लिए !

तपाईंका महान् विचारलाई
उनकासँग दाँज्नु भएन
हिरा मोतिलाइ गोबरसँग दाँज्नु भएन
तपाईंका महान् विचार यसरी सित्तैँ दिनु भएन ।

तपाईंका बिचार ठुला पद सुहाउने छन्
सित्तै व्यक्त गर्न नसुहाउने छन्
त्यसैले बिचार आफ्ना गोप्य राख्नुहोस्
अहिले मसँग पैसा छैन
पैसा ल्याउला अनि सुनाउनुहोस्
कृपया बिचार गोप्य गर्नुहोस् ।

हाम्रा महान् विचारकले
मेरो बिचारलाई ठिक ठान्नु भयो
त्यसपछि जब कोहि भेट हुन्छ
तपाईंसँग कति पैसा छ ?
पहिल्यै सोध्नु थाल्नु भयो ।

पैसा छैन भने पछि चुप बस्नु भयो
उहाँ महान विचारक हुनु भयो
भेट भइहाले पनि अब डर भएन
पैसा छैन भने पछि कान सन्चो भयो !
मेरो दसा सधैंका लागि गयो
उहाँ महान् विचारक हुनु भयो !!

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x