साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड ! एक्स्पेरिमेन्ट गरौँ न

Nepal Telecom ad

कमरेड !
गोलीको छर्रा लागेको शरीर
दुःख पचाएर चैन पो खोज्छ अचेल
पालाको पैँचो भन्छन्–
लौ न आऊ पर्म तिर्न
बनिदेऊ रियल ड्रामाको पात्र
स्क्रिप्ट मेरै मनको हो
तिम्रै दक्षिणी फर्माइसमा तयार गरेको
दुःखी दक्षिणी पाटोबाट आयातित गरिएको,
जहाँ गोलीका दागभन्दा
धोकाधडीका अपमानले बढ्ता दुखाउँछ ।

म पुलिस हुनेछु,
तिमी दिलु रम्तेल होइदेऊ
उभिइदेऊ डिहिगाउँको परालको टौवामा
म फायर खोल्नेछु–
तिमी ढल्नेछौ छातीबाट रगतको पिच्कारी छुटाउँदै
के तिमीलाई मञ्जुर छ ?

म गस्तीमा हुनेछु
पठाइदेऊ तिम्री छोरीलाई कमला भट्ट बनाएर
म बाटैमा समाउनेछु,
अस्मिता लुट्नेछु र दागिदिनेछु गोली
र फालिदिनेछु सिसौघारीमा
के तिमीलाई मञ्जुर छ ?

बद्मासीलाई रातो दरबारमै थन्काएर
तिम्रो छोरोलाई बनाइदेउ गुणनिधि मास्टर
म खोज्दै आउनेछु असारे कालो रातमा
सोधपुछ भन्दै लैजानेछु जराङ खोलामा
र,
कुइनेटोमा उभ्याएर फेरि दाग्नेछु गोली
के तिमीलाई मञ्जुर छ ?

म तिमीलाई सपनाको लालीपप देखाउँछु
तिमी जाऊ बिना योजनाको खारा मोर्चामा
अफेन्स ग्रुपमा राखेर तिम्रा जथ्थालाई
भुट्नेछु गोलीले लगातार
के तिमीलाई मञ्जुर छ ?

कमरेड ! मलाई पनि पौडन मन लाग्यो रक्तआहालमा
पूर्वका तीन ताराको रगतमा तिमी पौडिएझैँ
सिन्धुलीको कमलामाई जत्रै नदी बनाई
तिम्रा खुराफाती जथ्थाको रगत बगाउँछु,
के तिमी पर्म तिर्न सक्छौ ?

गिदी निस्किएको खप्पर
भ्वाङ परेको छाती
पाता छुट्टिएको कुम
आन्द्रा निस्किएको पेट,
खुट्टा छुट्टिएको कटि,
आऊ न कमरेड,
म तिमीलाई यस्तै बनाउँछु,
जो पर्म तिमीले तिर्न बाँकी छ,
के तिमीलाई मञ्जुर छ ?

औँलामा पिन गाड्छु,
छाला काढेर नुनचुक दल्छु,
करेन्ट लगाउँछु,
मरणासन्न ठटाउँछु र,
अँध्यारो एक रात,
बदलाको क्रोध गणबाट उठाएर
अनाम शिवपुरीहरूमा पु¥याई
तिमी लगायतको जत्थालाई
समाधिस्थ गरिदिन्छु,
के तिमीलाई मञ्जुर छ ?

हाम्रो गाउँमा त अझै
अर्मपर्मको चलन छ,
बाँझो खेतमा छिमेकीले हालिदिएको मलको खेप पनि
हामी त पर्मै तिर्छौं,
तिमीले त हाम्रा जीवनमाथि नै सत्ताको एक्स्पेरिमेन्ट गर्यौ
यस्तो ठूलो पर्म त
तिर्ने होला नि होईन ?
आउन न कमरेड !
एक्सपेरिमेन्ट गरौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x