साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पृथ्वीनारायण शाहका प्रेतहरू

Nepal Telecom ad

महाराज पृथ्वीनारायण शाहसँग
जम्काभेट भयो एक गणतन्त्रिक साँझमा
अचानक कीर्तिपुर पाँगा दोबाटोमा !
मैले सोधेँ–
बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ?
उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान
के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ?
मेरो ठाड्ठाडो प्रश्न सुनेर पनि
शालिन देखिए बाजे महाराज
र भने– ‘बाबु, यो गोर्खे–खुकुरीको जमाना होइन
अब कालु पाँडेको कलाले मात्रै पुग्दैन
त्यसैले बोकिहिँडेको छु मैले झोलामा
रातो ल्यापटप र नीलो इन्टरनेट डिभाइस
नेपाल एकीकरण सिरिएलका पहेंला पटकथा
गोर्खाली वीरताका खैरा डकुमेन्ट्रीहरू
हातहातै फेसबुक चलाउन चिल्ला मोबाइलहरू…
सँगसँगै छन् आइएनजिओका शोध–निष्कर्षहरू
राष्ट्रिय कानुनका अद्यावधिक विधेयकहरू
पिएचडीका प्राज्ञिक प्रतिवेदनहरू
र मिडियाका सामाजिक सर्वेक्षणहरू
यिनै त हुन् यो युगका धारिला हतियारहरू !’
यति भनिसकेर महाराज पृथ्वीनारायण
मेरो नजिकै आएर सोधे–
‘बाबु, कहाँनिर छ कमरेड मोदनाथ प्रश्रितको चिहान ?
म उनैलाई दिन आएको हुँ यी सारा उपहारहरू ?’
मैले भनेँ–
‘मोदनाथ प्रश्रित त अझै जीवित छन् बाजे
थानकोटतिर बसेर सायद
उनी लेखिरहेका होलान् ‘नयाँ दिव्योपदेश ।’
जवाफमा चर्को खित्का सुनियो
कीर्तिपुर पाँगा दोबाटोमा
र अचानक गायब भए महाराज पृथ्वीनारायण
तर भोलिपल्ट बिहानै
मनुस्मृति गाइरहेका भेटिए थुप्रै मोदनाथ प्रश्रितहरू
कोही सिंहदरबारको आँगनमा
कोही संसदभवनको पिंढीमा
कोही सर्वोच्च अदालतको ढोकामा
र कोही चौथो अङ्गका मझेरीहरूमा ।

२०७१ असार ११, कीर्तिपुर, नगाऊ
‘नेपाल’ साप्ताहिकको २०७१ कात्तिक ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झोला

झोला

सङ्गीत स्रोता
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x