साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्क्ले गर्नु गजब गरिगो !

Nepal Telecom ad

१.
रूप कुरूप अब बराबरी भो, मास्क्ले गर्नु गजब गरिगो
नेप्टे, चुच्चे, दाँत उछिट्टे, समावेसी भो सराबरी भो
कसरी छुट्ट्याउँ आफ्ना, पराई नेता, डाँका, सज्जनलाई ?
एउटा जस्तो छ, अर्को छ उस्तै, मास्क र अनुहार बराबरी भो
मास्क्ले गर्नु गजब गरिगो ।

टुलुटुलु हेर्दछन् दुईटा आँखा, के हो आँखाको त्यो भाका ?
आँखा ठुलो त्यो तरेको पो हो कि, आँखै उसको ठुलो हो कि ?
कसरी छुट्ट्याउँ क्रोध र मोह, शत्रु र मित्र बराबरी भो
भ्रान्तिमाथि थपियो भ्रान्ति, शान्ति र क्रान्ति सराबरी भो !
मास्क्ले गर्नु गजब गरिगो ।

टाउको चिनूँ कि पखेटा चिनूँ म ? मानिस भँगेरो चिने सरिभो
रूप वर्णन गर्नु कसरी ? भाले पोथी बराबरी भो !
निली, कलेजी कि त्यो काली, बुट्टा धर्का कि छिरबिरेवाली ?
कसको रूप सजाउँ मनमा ? मानिस मास्क बराबरी भो !
बत्तिसपुतली, काठमाडौं

२.
कसरी नाक देखाउँ समाजमा ? प्रस्न थियो यो अब मरिगो
नाक काटिए पनि अब पिर छैन, नाककट्टा पनि हुने सरि भो
कसरी नाक ठाडो राख्नु ! ठाडो निहुर्या बराबरी भो
नाक जाला अब चिन्तै छैन, मास्क र नाक बराबरी बारी भो
मास्क्ले गर्नु गजब गरिगो ।

केटी हेर्न केटा पक्ष आए, केटीको घरमा पाहुना घरभरि भो
जति आए सबका मुखमा मास्क, केटो बुढो सराबरी भो
केटी पक्षका पनि सबले लगाए मास्क, हेर्नु देखाउनु बराबरी भो !
मास्क्ले गर्नु गजब गरिगो, मास्क्ले गर्नु गजब गरिगो ।

भिसा लिन भनि फोटो खिचायो, आधा अनुहार छैन सरि भो
फोटो खिच्नेले “स्माइल” भन्यो तर त्यो स्माइल पनि भित्र परिगो
मास्क्ले गर्नु गजब गरिगो, मास्क्ले गर्नु गजब गरिगो ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x