साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा राष्ट्रियताको

Nepal Telecom ad

एउटा कुटे जस्तो गर्छ, अर्को रोए जस्तो गर्छौ
एउटा घचेटे जस्तो गर्छ, अर्को अलिक पर सर्छौ
यी सब तिमीहरूका नाटक हुन्
हामीलाई सब थाहा छ,
तिमीहरू मिलेर अवसरमा साझेदारी गर्छौ
आज एउटाले सात पुस्ता सुधार्छ,
भोलि अर्कोले भुँडी भर्छौ ।

तिमी हाम्रा हात काट्छौ र चम्चाले खुवाउँछौ,
दिउँसो कम्बल बाँड्छौ र राती घरमा आगो लगाउँछौ
तिम्रो सक्कली अनुहारवाट वेखवर हामी
आँखा चिम्लेर तिम्रो जय गाउँछौँ,
र त दुख पाउँछौँ ।

तिमीलाई थाहा छ,
आफ्ना हातले खाने
र आफ्नै खुट्टाले हिँड्ने मान्छे
आफ्नो दिशा आफै तय गर्छ
तिम्रा ईशारामा नाच्दैन
न तिम्रा आदेशमा विनासित्ति मर्छ ।

त्यसैले,
तिमीहरू हामीलाई निरिह वनाई राख्न चाहन्छौ
किनकि निरिह मान्छेले
अक्सर आफूलाई दास ठान्छ
मालिकलाई भगवान मान्छ
र उसका हरेक कुरा सुन्छ
अनि तिनैलाई झुक्याउन
र त्यस्तैमाथि शासन गर्न सजिलो हुन्छ ।

हाम्रा पुर्खा नालापानीमा लडे,
तिमीले कालापानी जोगाउन सकेनौ
फेरि पनि लाजै पचाएर,
राष्ट्रियताका कुरा गर्छौ
र सोझा जनताका खोपडीमा
नचाहिने केके केके कुरा भर्छौ ।

बुद्घलाई भारतले उतै जन्माउन थालिसक्यो
कुनै दिन सीतालाई अयोद्यामै अन्माउन सक्छ
के तिमीलाई थाहा छैन ?
सुस्तामा उसका सिपाईहरूको परेड चल्दै गरेको कुरा
र दिन दिनै सीमा स्तम्भ ढल्दै गरेको कुुरा ।

तिमीलाई सव थाहा छ
राष्ट्रियताको ताल्चा साँचो कहाँ छ
घरमा ताला लगाएर साँचो छिमेकीलाई दिन्छौ
र मेरो घर सुरक्षित छ भन्दै हिँड्छौ
एकदिन तिमीलाई नै घोक्रेठ्याक लाउँदै
सत्ताबाट झार्छ अनि चिन्छौ ।

हामीलाई थाहा छ,
जब तिम्रो व्यवहार साक्षि बन्छ
र तिम्रा सिद्घान्तले काम गर्दैन
तिमी अलमलमा पर्छौ
अनि हाम्रो ध्यान अन्तै मोड्न
तिमी राष्ट्रियताका कुरा गर्छौ ।

हेटौंडा, मकवानपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x