साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चक्काजाम

Nepal Telecom ad

सर्वमान्य अदालत मुद्दाको सुनुवाई थियो । प्रसंग सार्वजनिक हुनाले निःशुल्क मनोरञ्जन गर्न पल्केकाहरू प्रशस्त ओइरिएका थिए ।

न्यायमूर्तिले प्रश्न गरे, राजमार्गमा चक्काजाम गरेर हजारौँ यात्रुलाई तीन, चार दिनसम्म तिमीले जुन सास्ती दियौ त्यसको कारण के त ? किन त्यस्तो गरेको ?

चक्काजाम गर्नेले हात जौड्दै भन्यो, श्रीमानले हजारौँ यात्रुको दुःख मात्रै हेर्ने ? मेरो दुःख नहेर्ने ? मैले पनि न्याय पाउनु पर्छ, श्रीमान् !

मलाई थाहा छ, पक्कै पनि तिमीप्रति ठूलै अन्याय पर्यो होला । त्यस्तो नपरी कसैले पनि यत्रो काम गर्दैन । के परेछ त्यस्तो, सुनौँ न ! न्यायमूर्तिले ढुंगाको मूर्ति झैँ निश्चल भएर बोले ।

श्रीमान् ! मेरी श्रीमती दाल, तरकारीमा सधैं नून चर्को हाल्छिन् । दालमा त भला अलिकति पानी थपेर खान्छु, तरकारीको नून कसरी हटाउनु ? दिक्क दिक्क भएर मैले चक्काजाम गरेको श्रीमान् । नून बढि नहाल्नु भनी मेरी श्रीमतीको नाउँमा अन्तरिम आदेश जारी गरी पाउँ श्रीमान् । यति भनेर चक्काजाम गर्ने पुरुष त अदालतमै रुन थाल्यो । उसको रुवाई देखेर सबैका आँखा रसिला भए ।

श्रीमतीलाई नून थोरै हाल्न भने त भई हाल्छ नि ! न्यायकर्ताले सुझाव दिए ।

त्यो पनि गरेर हैरान भइसकेँ श्रीमान् । मेरी श्रीमती भन्छिन्– त्रिभुवन विमानस्थलमा सुन र मेरो भान्सामा नूनको प्रयोग अति उदारतापूर्वक हुन्थ्यो, हुन्छ र हुनेछ । यस परम्परालाई कसैले रोक्न सक्दैन – पीडित पुरुषले पीडा प्रदर्शन गर्यो ।

त्यसो भए कुनै डाक्टरलाई सय, दुई सय दिएर हाइ ब्लड प्रेशर छ भनेर लेखाए त भैहाल्यो नि ! चक्कै जाम गर्नुपर्छ र ! न्यायमूर्तिले बौद्धिक कुशाग्रता देखाए ।

के गर्नु श्रीमान् ! मेरा साथीहरूले भने हाम्रो सरकार बहिरो र अन्धो छ रे । नसुन्छ, नदेख्छ । त्यसैले चक्काजाम नगरी यहाँ क्यै पनि हुँदैन । पुरुषले आँसु पुछ्दै भन्यो । नूनले चक्काजाम हुन सक्ने तर कानूनले चक्काजाम रोक्न नसक्ने हुनाले पीडित पुरुषलाई अदालतले आदरकासाथ छाडिदियो ।

बारा, हाल थानकोट, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x