साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठी सम्पन्न

Nepal Telecom ad

गत शनिवार मङ्सिर १३ गते विहान घुम्ती कवि गोष्ठी सम्पन्न भयो । सो कवि गोष्ठी यस पटक ग्राम निर्माण बन्धु मण्डल क्लब आरुबारीले आयोजना गरेको थियो ।

क्लबका अध्यक्ष सन्तोष चालिसेले सभापतित्व गरेको कार्यक्रममा घुम्ती कवि गोष्ठी नेपालका सदस्यहरू परशुराम पराजुली परासर, रामचन्द्र दाहाल, प्रदीपरत्न शाक्य, डिल्लीप्रसाद मुलतिउन, रामकुमार पण्डित क्षेत्री, लगायत वेदमणि घिमिरे गोविन्द, प्रकाशमणि दहाल, कर्णाद महर्षि, शारदा पराजुली, तिलस्मी प्रभास, शान्ति रिसाल, इश्वर कुमार चालिसे, भरतदेव जोशी, स्वेच्छा राउतले कविता वाचन गरेका थिए ।

देशको समसामयिक विषयवस्तुलाई प्रतिनिधित्व गर्दै वाचित कविताहरूको समीक्षा रामकुमार पण्डित क्षेत्री र शान्ति रिसालले गरेका थिए । श्रोताहरूको पनि विशेष उपस्थिति रहेको सो गोष्ठीमा कार्यक्रमको ब्यबस्थापन क्लवका सदस्य राजिब थापा र सुमन मानसिंह बस्नेतले गरेका थिए ।
–रामकुमार पण्डित क्षेत्री

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x