साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य पात्र !

Nepal Telecom ad

नृप फालेर के नौला बनेका भूप हौ तिमी ?
यद्वा जोकर झैं लाग्ने नमुना खूब हौ तिमी !
गरेनौ काम क्यै मौका तिमीसँग थियो जब
भरोसा गर्न सक्ने खै रह्यो आधार के अब ?

योग्यता भन के तिम्रो ? दल, बन्डा र चाकरी ?
राजनीति भयो तिम्रो मानौँ कमाउ– नोकरी !
साँढेसरि जुधाएर तमाशा हेर्न खोज्दछौ
टुक्राटुक्रा बनाएर नेपाली–मन भाँच्दछौ !

हुलेर धमिलो बाढी राजनीति चलाउँछौ
तिमी आफ्ना विरोधीका घर–छाप्रा जलाउँछौँ !
यता भाषण अर्कै छ उता कर्म छ निघिर्नी
कसरी चटके जस्तै बदल्छौ रूप यो तिमी ?

भन्छौ थामिरहेका छौं देशको भार बेसरी
हास्यका पात्र बन्दैछौ हुटिट्याउँ चरासरि !
भरोसा कसरी गर्ने ? छौ दरिद्र विचारका
बोली लागिरहेकै छ विक्री–वस्तु बजारका !

जन–विश्वास घट्दैछ घृणाका पात्र हौ बरू
तुच्छ छौ र त टिप्दैछौ विदेशी कनिकाहरू !
स्वाभिमान गुमाएका स्वत्व–नैतिकता पनि
धिक्कार छ तिमीलाई ! योभन्दा भन के दिने ?

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x