साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोलाएको किन ?

Nepal Telecom ad

ऊ कतै नहेरी खुरु खुरु कतै जाँदै थियो,
त्यसले भेटेपछि कम्तिमा दुई घण्टा दिमाग चाट्छ
यत्ति त तपाईलाई पहिल्यै थाहा थियो,
थाहा पाई पाई तपाईले त्यसलाई बोलाएको किन ?
बोलाएपछि साँचै दुई घन्टा दिमाग चाट्यो र गयो
अब अहिले तपाईं बहुलाएको किन ?
सद्दे नै रहनु थियो भने
सुरुसुरुमा खुरु खुरु कतै नहेरी हिँडेको त्यसलाई तपाईंले बोलाएको किन ?

ऊ कतै नहेरी कतै खुरु खुरु जाँदै थियो,
त्यसले भेटेपछि पक्का सापटी या चन्दा माग्छ,
यत्ति त तपाईंलाई पहिल्यै थाहा थियो,
थाहा पाई पाई त्यसलाई तपाईंले बोलाएको किन ?
बोलाएपछि आयो, चार घण्टा दिमाग चाट्यो
त्यसमाथि तपाईंको पाँच सय रुपियाँ जबर्जस्ति लिएरै पनि गयो
अब तपाईं टोलाएर झोक्राएको किन ?
ठिकै मुडमा नै हुनु थियो भने
सुरुसुरुमा खुरु खुरु कतै नहेरी हिँडेको त्यसलाई तपाईंले बोलाएको किन ?

ऊ कतै नहेरी खुरु खुरु कतै जाँदै थियो,
त्यसलाई भेटेपछि त्यसले आफ्नो दुख सुनाएर धुरुक्कै पार्छ
यत्ति त तपाईंलाई पहिल्यै थाहा थियो,
थाहा पाई पाई त्यसलाई तपाईंले बोलाएको किन ?
बोलाएपछि बिचरा आयो, उसको ब्यथा सुनायो
ऊ त रोयो रोयो र गयो पनि
अब तपाईंले चाहिँ डाँको छोडेर रोएको किन ?
हाँसी खेली बसेको तपाईंलाई रुनु थिएन भने
सुरुसुरुमा खुरु खुरु कतै नहेरी हिँडेको त्यसलाई तपाईंले बोलाएको किन ?

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x