सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तर संविधान चैँ बनाऊ

Nepal Telecom ad

(यस गीतका सबै ओरिजिनलहरूप्रति क्षमा माग्दै)

कलम माग्न विदेश जाने भा जाऊ
तर संविधान चैँ बनाऊ
लेखाउन बरु अरुकै हातबाट लेखाऊ
तर संविधान चैँ बनाऊ ।

बाँच्छु कुर्सीकै लागि भन्छौ
मरे कुर्सीमै भन्छौ मर्छु
यदि कुर्सी पाइन भने
भन्छौ जे पनि गर्छु
कुर्सीसँगै परलोक जाने भए जाऊ
तर संविधान चैँ बनाऊ ।

मरी जाउँ पार्टीको कसम
कुर्सी नलिई छाड्दिन भन्छौ
यदि कुर्सी पाईन भने
सरकारमा जाँदिन भन्छौ
कुर्सी आफ्नै घरमा लाने भए लैजाऊ
तर संविधान चैँ बनाऊ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गणतन्त्र आरती

गणतन्त्र आरती

होम सुवेदी
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने