साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिको बहादुर

Nepal Telecom ad

एउटा बतास आयो, नेपाली जुर्मुरायो
झिक्यो खुकुरी हातमा संसारलाई हरायो
थर्काई सारा दुनियाँ हिम्मत ठुलो देखायो
सबले भने बाहादुर, सम्मान त्यो कमायो ।

तिनकै सन्तान हामी लड्दै र भिड्दै आज
आपसमा काटाकाट कसले दिने हो ताज ?
आपत बनेर आफ्नै स्वजन अनि स्वदेशको
के नाम हो कमाउने कीर्ति हो राख्ने कसको ?

राख खुकुरी दापमा फैलाऊ दुई हात
अँगालो मार अर्को नेपालीलाई साथ
बढौं मिली अगाडि हाँस्दै अनि हँसाउँदै
शान्तिको गीत गाउँदै पौरखले कमाउँदै ।

यो युग शान्तिको हो, हाम्रो स्वभाव शान्त
शान्तिको वीरतामै अस्तित्व छ अनन्त
त्यो युग फेरि आउँछ नेपाली जगमगाउँछ
शान्तिको यो बहादुर कीर्ति नयाँ कमाउँछ ।
बत्तिसपसतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x