साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यौवन र जुत्ताको साटासाट

Nepal Telecom ad

नेपालका युवा मलेसियामा छ्यापछ्याप
मलेसियाका जुत्ता नेपालमा छ्यापछ्याप

छोरो मलेसियामा जुत्ता बनाउने काम गर्र्छ
बाउ नेपालमा संविधान बनाउने कुरा गर्र्छ
छोरोले मलेसियाबाछट पैसा पठाउँछ,
त्यो पैसाले–
मलेसियामा आफ्नै छोराले बनाएको जुत्ता बाउ चैं नेपालमा किनेर लगाउँछ
अनि मलेसियाको पैसा मलेसिया नै फर्किन्छ
मलेसियाको जुत्ता लगाउनेको यहाँ “राजनीति” चर्किन्छ ।

पैसाको यो ओहर दोहोरमा, यौवन र जुताको यो साटाासाटमा
नेपाली युवा मलेसियामा छ्यापछ्याप,
मलेसियाका जुत्ता नेपालमा छ्यापट्याप
केही सरकारले कमाउँछ, अनि तलब बोनस झ्यापझ्याप
केह व्यापारीले कमाउँछ, अनि नाफा घ्यापघ्याप् ।

मलेसियाको जुत्ता लगाएर यता बाउ तन्किन्छ
त्यो जुत्तामा संविधानका कुरा गर्ने अर्को नेपालीको आखा गाडिन्छ
उसलाई पनि त्यस्तै जुत्ता लगाउन मन कल्पििन्छ
अनि ऊ पनि आफ्नो छोरालाई मलेसिया पठाउँछ
अनि त्यो छोराले पनि मलेसियाबाट पैसा पठाउँछ
फेरि यहाँ संविधानका कुरा गर्ने अर्कोले
आफ्नै छोराले मलेसियामा बनाएको जुत्ता चैं नेपालमा किनेर लगाउँछ ।

पैसाको यो ओहर दोहोरमा, यौवन र जुताको यो साटासाटमा
केही सरकारले कमाउँछ, अनि तलब बोनश झ्यापझ्याप
केही व्यापारीले कमाउँछ,अनि नाफा घ्यापघ्याप
नेपाली युवा मलेसियामा छ्यापछ्याप,
मलेसियाका जुत्ता नेपालमा छ्यापछ्याप ।

यो क्रमको बिस्तारित रुपमा कहिले मस्त कमाउँदा, तलका धेरले खान नपाउँदा
नेता हुनेको खाँडो जाग्छ, तन्त्र मन्त्र केही फलाक्छ
अनि ठुलो भीड पछिपछि लाग्छ, भिड देखाई सत्ता माग्छ
सत्तामा गई भत्ता खान्छ, सत्ता नपाए चन्दा माग्छ ।

राजनीतिको यो नयाँ फाँटमा, यौवन र जुताको यो साटासाटमा
अनि नेता पनि घ्याप घ्याप, जागिरे पनि घ्यापघ्याप
ब्यापारी पनि घ्यापघ्याप, सर्वसाधारण भोकले प्याकप्याक ।

नेपाली युवा मलेसियामा छ्यापछ्याप
मलेसियाका जुत्ता नेपालमा छ्यापछ्याप
नेता जागिरे व्यापारी घ्यापघ्याप
बाँकी सप्पै भोकले प्याकप्याक
नेपाली युवा मलेसियामा छ्यापछ्याप
मलेसियाका जुत्ता नेपालमा घ्यापघ्याप ।

बत्तिसपुतली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x