साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ र सहर

Nepal Telecom ad

यात्राको क्रममा गुरुप्रसाद र विजयको मुग्लिङमा भेट भयो । क्याम्पसका आत्मीय सहपाठीहरू भए पनि यस पटक करिब दस वर्षपछि मात्र उनीहरूको भेट भएको थियो । गुरुप्रसाद काठमाडौंबाट आफ्नो घर पहाड जान थालेका थिए भने विजय पहाडबाट आफ्नो घर काठमाडौं जान थालेका थिए । संयोग के मिलेको थियो भने, गुरुप्रसाद विजयको जिल्लामा र विजय गुरुप्रसादको जिल्लामा नोकरी गर्दथे, तर उनीहरू एक अर्काको घरमा पुगेका थिएनन् । औपचारिक भलाकुसारीपछि गुरुप्रसादले मौका मिलेको बेलामा मेरो घर आउनुहोला भन्दै आफ्नो घरमा पुग्ने बाटो यस प्रकार बताए–

हो, त्यो नीलगिरि हिमाल देखिने हरियो डाँडो पार गरेपछि बाटोमा ठूलो पोखरी आउँछ, पोखरीको उत्तरपट्टिको बाटो लागेपछि चीसो पानीको झरना आउँछ, त्यो झरनाबाट केही पर पुगेपछि वरपीपलको चौतारी नजिकै नीलो नदी छ । त्यहाँबाट ओह्रालो झरेपछि समतल फाँट आउँछ, …हो त्यो डाँफे, मयुर, मृग, खरायो …देखिने जङ्गलको पूर्वपट्टि एउटा चिटिक्क परेको गाउँ छ । …पानी छयाल्लब्याल बगेको पँधेरो माथिनेर रङ्गीचङ्गी फूल फुलेको तथा लटरम्म फल फलेको बगैँचा आउँछ, त्यही बगैँचाको बीचमा मौरीका घारहरू भएको घर मेरो हो ।

त्यसपछि विजयले आफ्नो घरको पहिचान यसरी दिए–
…हो, त्यो फिल्म हल पछाडि गार्मेन्ट कारखाना छ, त्यसको पूर्वमा फोहोर जम्मा हुने कन्टेनर छ, त्यहाँबाट विक्रम टेम्पु चढेपछि …ठाउँमा ओह्राल्छ, त्यहाँबाट पश्चिमपट्टि लागेपछि राँगाका टाउका, बङ्गुरका खुट्टा, भैँसीका आन्द्रा तथा फोहोरहरू फाल्ने चोक छ, त्यो चोकबाट अलिपर भत्केको एउटा मन्दिर छ, त्यसको छेउमा गाग्रीका लाइन देखिने धारो छ, त्यहाँबाट पूर्वपट्टिको गल्लीमा पसेपछि दुईवटा बाटा छन्, एउटा बाटोको भित्तामा फिल्मी पोष्टरहरू टाँस्ने, अश्लील कुराहरू लेख्ने गर्दछन्, अर्को बाटोको छेउमा मम पसल छ, त्यसैको छेउमा ढल फुटेर दिसा–पिसाब तथा फोहोरको तीब्र गन्ध आउने बाटो छ, हो त्यही बाटोबाट भित्र पसेपछि फोहोरको ठूलो थुप्रोको छेउमै कुकुर नभएको तर कुकुरदेखि सावधान लेखेको घर छ, …हो मेरो घर त्यही हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x