साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुरगङ्गा पुरस्कार विभिन्न स्रष्टालाई

Nepal Telecom ad

काठमाडौ, पुस १ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले यस वर्षका विभिन्न पुरस्कार प्रदान गरेको छ ।

राष्ट्रकवि माधव घिमिरेलाई एक लाख रुपैयाँ रहेको राष्ट्रिय बालसाहित्य पुरस्कार अर्पण गरियो । गायक दुर्गा रायमाझीलाई २५ हजार राशिको लोकगायन पुरस्कार, गायिका देवी घर्तीलाई १५ हजार रुपैयाँ रहेको सहितको राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार र साहित्यकार अनुपम रोशीलाई १५ हजार रुपैयाँको नवप्रतिभा साहित्य पुरस्कार दिइयो ।

राष्ट्रकविलाई गुठी संरक्षक नुरप्रताप जबरा र अध्यक्ष प्रा. चुडामणि बन्धुले पुरस्कार हस्तान्तरण गरेका थिए । अन्य पुरस्कार भने राष्ट्रकविले हस्तान्तरण गरे ।

राजधानीमा हालै आयोजित कार्यक्रममा २०७० को एसएलसीमा पाल्पाभरिमा उत्कृष्ट अङ्क ल्याउने छात्र सागर पाण्डे र छात्रा सिर्जना बस्याललाई पनि जनही ७ हजार रुपैयाँ रहेको नुरगंगा शैक्षिक पुरस्कार दिइएको थियो ।
कान्तिपुर, २०७१ पुस १

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x