लालकाजी श्रेष्ठदेशलाई डुबायो नेताले
ऊ रुन्थेन कैल्यै रुलायो नेताले
हरेस खान्न भन्थ्यो खुवायो नेताले ।
अनेकौँ शुभेच्छा बिसाउला कहाँ खै ?
ऊ भन्थ्यो दिलासा चुँडायो नेताले ।
पखेटा लुछेको चरीको भो चाला
हो साँच्चै यो देशलाई डुबायो नेताले ।
हरे ! बिश्वले के भने कुन्नि आमा ?
इमानै इजेतै लुटायो नेताले ।
न आस्था छ बाँकी न आशा छ ज्यूँदो
नेपालीको चित्तै दुखायो नेताले ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest





































