सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाहकमा ठगी मुद्दा

Nepal Telecom ad

प्रहरीको खोरमा एक बिहान पंडित बालाई देखेँ । ठाडो चन्दन लाएर उनी तेर्सो परेर पल्टेका थिए ।
हैन, पंडित बाले त्यस्तो के गर्नु भएछ र समाजलाई भक्तिमार्ग देखाउने आज आफै यो बन्धनमा ?– मैले सोधेँ ।
तेर्सोबाट अलिकति सोझो आसनमा आएर उनले भने, मलाई नाहकमा ठगी मुद्दामा फसाए ।
तपाईंले त्यस्तो के गर्नु भयो र ?– म पनि जिल्ल परें ।
मैले लमीको काम गर्ने गरेको त बाबुलाई थाहै छ होला, त्यो मेरो ‘साइड विजनेस’ हो ।– पंडित बाले भने ।
अनि के भो त ?

के हुन्थ्यो बाबु, एउटा बजियाले आरोप लगायो, मैले झुक्याएर उसकी छोरीको विहे गलत मान्छेसँग गराइ दिएँ रे ! युवकले भन्थ्यो म ठूलै हाकिम हुँ । उसको लवाई, बोलाई र फूर्तिफार्तीले मैले पनि पत्याएँ । सधैँ सुटेड बुटेड, टाई र चश्मा भिरेकै हुन्थ्यो । म त सोझो बाहुन, होला त नि भन्ठानेँ ।
त्यो को र’छ त ?– मैले सोधेँ ।

आफ्नो अभागी खप्परमा यो बन्धन लेख्या र’छ । विहेपछि पो था’भो त्यो त के को हाकिम हुन्थ्यो, कुनै थोत्रो बोर्डिङ स्कुलमा पढाउने विचरो माड्साप पो रे’छ । जागिर नपा’को युवक ! पाँच हजार तलव भनेर पच्चीस सय मात्र दिई स्कुल चलाउनेले उसलाई ठगीरा’रेछ ।– बुढाले खुलस्त पारे ।

‘अनि त्यसरी गरीब बेरोजगार युवकलाई ठग्ने चैं ठगीमा परेन ?’
कहाँ बाबु ! उसले त पाँच हजार तलब पाएँ भनेर महिनै पिच्छे सही गराउँदो रे’छ । यही त जहिले पनि होचोको मुखमा घोचो हालिन्छ ।– पंडित बाले निराश भएर भने ।
बारा, हाल– थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य