साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाहकमा ठगी मुद्दा

Nepal Telecom ad

प्रहरीको खोरमा एक बिहान पंडित बालाई देखेँ । ठाडो चन्दन लाएर उनी तेर्सो परेर पल्टेका थिए ।
हैन, पंडित बाले त्यस्तो के गर्नु भएछ र समाजलाई भक्तिमार्ग देखाउने आज आफै यो बन्धनमा ?– मैले सोधेँ ।
तेर्सोबाट अलिकति सोझो आसनमा आएर उनले भने, मलाई नाहकमा ठगी मुद्दामा फसाए ।
तपाईंले त्यस्तो के गर्नु भयो र ?– म पनि जिल्ल परें ।
मैले लमीको काम गर्ने गरेको त बाबुलाई थाहै छ होला, त्यो मेरो ‘साइड विजनेस’ हो ।– पंडित बाले भने ।
अनि के भो त ?

के हुन्थ्यो बाबु, एउटा बजियाले आरोप लगायो, मैले झुक्याएर उसकी छोरीको विहे गलत मान्छेसँग गराइ दिएँ रे ! युवकले भन्थ्यो म ठूलै हाकिम हुँ । उसको लवाई, बोलाई र फूर्तिफार्तीले मैले पनि पत्याएँ । सधैँ सुटेड बुटेड, टाई र चश्मा भिरेकै हुन्थ्यो । म त सोझो बाहुन, होला त नि भन्ठानेँ ।
त्यो को र’छ त ?– मैले सोधेँ ।

आफ्नो अभागी खप्परमा यो बन्धन लेख्या र’छ । विहेपछि पो था’भो त्यो त के को हाकिम हुन्थ्यो, कुनै थोत्रो बोर्डिङ स्कुलमा पढाउने विचरो माड्साप पो रे’छ । जागिर नपा’को युवक ! पाँच हजार तलव भनेर पच्चीस सय मात्र दिई स्कुल चलाउनेले उसलाई ठगीरा’रेछ ।– बुढाले खुलस्त पारे ।

‘अनि त्यसरी गरीब बेरोजगार युवकलाई ठग्ने चैं ठगीमा परेन ?’
कहाँ बाबु ! उसले त पाँच हजार तलब पाएँ भनेर महिनै पिच्छे सही गराउँदो रे’छ । यही त जहिले पनि होचोको मुखमा घोचो हालिन्छ ।– पंडित बाले निराश भएर भने ।
बारा, हाल– थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x