हरि खनालम बेकुफ
बाँदरलाई कलम दिएर
विधानको माग गर्ने म
हिंसालाई शिरमा राखेर
बुद्धको गीत गाउने म
नाफाखोरलाई संरक्षक बनाएर
कालोबजारको अन्त्य खोज्ने म
नराम्रो हो भन्ने जान्दाजान्दै
राम्रो देख्न खोज्ने म
बाँदर कसरी बेबकुफ हुन्छ ?
बाँदरलाई मान्छे देख्ने पो बेकुफ
बाघ कसरी बेबकुफ हुन्छ ?
उसलाई शाकाहारी देख्ने पो बेकुफ
गधा कसरी बेकुफ हुन्छ
धोएर गाई बनाउन खोज्ने पो बेकुफ
तपाइँहरू के हो कुन्निम चाहिँ बेकुफ, महाबेकुफ
म आपैंmलाई लोप्पा खुवाउँछु लौ खा,
यीखा, लौ खा
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































