साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे शिव

Nepal Telecom ad

(शिवरात्री बिशेष)

तिम्रो उत्सब मनाउन आज
शिवहरु मात्र होइन
पार्वतीहरु पनि
शिवालय घुम्न थालेकाछन
तिमीले बनाएको बुटीमा
शिवहरु मात्र होइन
पार्वतीहरु पनि झुम्न थालेकाछन
तिमी घुम्ने वनमा
तिम्रो सिको गर्दै
तिम्रा भक्त भक्तीनीहरु
अधर चुम्न थालेकाछन
त्यो बेला नभएर पनि होला
तिमीले छालाको लगुटी
पार्वतीले पत्र बस्त्र लगाको
तर अहिलेका पार्वतीहरु त
भएर पनि
ब्रामा रम्न थालेकाछन
तिम्रो मायाप्रीती
त्यो बेलाको बागमतिको
पानी जस्तो पवित्र थियो होला
तर अहिलेका शिव पार्वतीहरु
अहिलेकै बागमतीको पानी जस्तो
मायाप्रीतीमा जम्न थालेकाछन
तिमीले पार्वतीलाई फकाउन
डमरु बजायौ होला
अहिलेका शिवहरु
पार्वतीलाई फकाउन
मोबाइलमा रिङ्गटोन बजाउछन
तिम्रा पार्वतीलाई त
त्यो बेला
साँढेमा चडाउदा पनि हुन्थ्यो होला
तर अहिलेका शिवहरु
पार्वतीहरुलाई घुमाउदा
पल्सर,शाइन पो चाहिन्छ
गाडी मोटर बिना पार्वतीहरु
कहा पाईन्छ ।
तर एउटा कुरा
तिमी जति भाङ धतुरो खाए पनि पचाउछौ
संकट पर्दा संसारलाई पनि बचाउछौ
तर तिम्रा शिवहरु
यो खाए भने
काही सिद्रा भैm सुक्छन
कोही नुन खाएको कुखरा भैm झुङछन
आमाबुवा धुरुधुरु रुन्छन
किनभने यी शिवहरु त
बाह्रैमास मदहोसी हुन्छन
त्यसैले अब
तिम्रो बुटीलाई यो माटोमा
जाग्दै नजाग्ने गराई देऊ
यदी कसैले खायो भने
के त लाग्दै नलाग्ने गराइ देऊ
के त त्यसलाई तिम्रो साँढे देखी की
भाग्ने गराईदेऊ ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x