साधुराम खड्काथुक्क जिन्दगी !
निष्ठुरीहरूले बिर्सदै गए
आफन्तहरूले माया मार्दै गए
साथीहरूले नि साथ दिन छोडे
मुटुमै बसेकाहरूले नि मुटु फुटालेर गए
बाध्यताले त विदेशिनै पार्यो
बिकल्पहरू अलपत्र भए
देशमा बस्ने माहौलै भएन
राज्यले त न ग्याँस बत्ति
न पानी न रोजगारी नै दियो
श्रमको कुनै मूल्य भएन
गरीबको नाममा कुनै सरकार आएन
शिवरात्रीका बाबा झै झुमेका छन् जनहरू
बाहिर राम्रो भित्र चाम्रा हाम्रा नेताहरू
भाङ माथि नि घोट्टा खाएर
मुन्टो उचाल्छन् साधुहरू
कस्को शक्ति कता गयो
छरपस्ट भो राष्ट्रिय मुद्दा
शिवरात्री त बहाना मात्र हो
गाँजा तान्ने मानिसहरू
सबै कुरा ईच्छै रैछ
जति हत्तेहाले पनि
आउँदा आहा जाने रित्तो रैछ
मानव जीवन भएछ बन्दकी
कर्कलाको पानी जस्तै
टुङोबुङ्गो केही नभएको थुक्क जिन्दगी !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































